गृहपृष्ठ कर्णालीको चिनारी खेलकुद हुनेछ : मुख्यमन्त्री शाही

कर्णालीको चिनारी खेलकुद हुनेछ : मुख्यमन्त्री शाही

karnali_sports

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको चिनारी खेलकुद हुने बताएका छन् । बुधबारदेखि प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको प्रथम मुख्यमन्त्री रनिङ्गशिल्डको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अन्य प्राकृतिक सम्पदा र संस्कृतिले सम्पन्न रहेको यस प्रदेशलाई खेलकुदका माध्यमबाट पनि चिनाउनुपर्छ । अब कर्णालीको अर्को चिनारी खेलकुद पनि हुनेछ ।’ उनले थपे, ‘अब कर्णालीले खेलकुदका माध्यमबाट प्रतिस्पर्धामा उत्रिएर विश्वलाई जित्ने अपेक्षा राखेका छौं । खेलको माध्यमबाट कर्णालीलाई चिनाउने अभियान थाल्नेछौं ।’

त्यस्तै उद्घाटन कार्यक्रममा कर्णालीका सभामुख राजबहादुर शाहीले समाजलाई एकताबद्ध गराउन खेलकुद महत्वपूर्ण विधा भएको बताएका छन् । उनले भने, ‘आधुनिक युगमा विश्वमा कुटनीतिको माध्यमको रुपमा खेलकुद विधालाई लिन सकिन्छ । जसले समाजमा पनि बहुआयामिक प्रभाव पार्छ ।’

प्रकाशित समय १८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु