गृहपृष्ठ विराटनगरमा सुरू भयो ‘विराट फुड फेस्टा-२०७५’

विराटनगरमा सुरू भयो ‘विराट फुड फेस्टा-२०७५’

birat_food_festa

विराटनगरमा बिहिबारदेखी ‘विराट फुड फेस्टा-२०७५’ सुरु भएको छ । भाजु युवराज फाउन्डेसनको आयोजनामा उपभोक्तालाई खानाका विभिन्न परिकारहरुका स्वादको अनुभव प्रदान गर्न  बिहिबारदेखि ३ दिने ‘विराट फुड फेस्टा-२०७५’ सुरु भएको हो ।

फुड फेस्टाको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले उद्घाटन गरे । सो अबसरमा पराजुलीले विराटनगरमा प्रयाप्त स्थलहरु रहेकाले यस्ता कार्यक्रमहरु नियमित हुनुपर्नेमा जोड दिए ।

पराजुलीले विराटनगर विभिन्न संस्कृति तथा सम्पदाले भरिपूर्ण रहेकाले तिनको पहिचानका लागि यूवाहरुकै अग्रसरतामा यस्ताखाले कार्यक्रमहरु नियमित गरिनुपर्नेमा जोड दिए । उनले हाल विराटनगरमा विकास निर्माणका कामहरु भइरहेको बताउँदै यसले केहि समय असहज परिस्थीति हुने बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी भविष श्रेष्ठले फुड फेस्टामा थुप्रै परिकारका स्वाद लिन पाइने भएकाले सबैले फुड फेस्टामा आएर स्वादको अनुभव लिन आग्रह गरे । विभिन्न प्रकारका खानाको स्टलहरु राखिएको इभेन्ट म्यानेजर जतिन ताम्राकारले जानकारी दिए ।

प्रकाशित समय १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु