गृहपृष्ठ नेपाल इन्स्योरेन्सका दुई शाखा धादिङ र नुवाकोटमा
नेपाल इन्स्योरेन्सका दुई शाखा धादिङ र नुवाकोटमा
नेपालको पहिलो बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले एकसाथ दुई स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले धादिङको गल्छी र नुवाकोटको बट्टारमा शाखा स्थापना गरेको हो ।
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै दुई स्थानमा नयाँ शाखा खोलेर सेवा सुरु गरिएको नेपाल इन्स्योरेन्सले जनाएको छ । कम्पनीका नायब महाप्रबन्धक विक्रान्त पाण्डेले ग्राहकको सहजता र बिमाको आवश्यकतालाई मध्यनजर गर्दै सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए । ‘बिमाको विस्तार र ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ–नयाँ शाखा स्थापनाको योजना बनाएका हौं,’ उनले भने, ‘नेपालको सबैभन्दा पुरानो कम्पनी नेपाल इन्स्योरेन्सले अब देशका कुना–कुना पुग्नेछ ।’
प्रकाशित समय २०:५३ बजे

















