गृहपृष्ठ प्रदेशसभा- २: विपी उद्यान प्रकरणमा कांग्रेसले गर्यो प्रदेशसभा अवरूद्ध
प्रदेशसभा- २: विपी उद्यान प्रकरणमा कांग्रेसले गर्यो प्रदेशसभा अवरूद्ध
प्रदेश-२ स्थित प्रदेशसभाको शनिबारको बैठक नेपाली कांग्रेसले अवरूद्ध पारेको छ । विरगञ्जमा विपी उद्यानको नाममा रहेको जग्गामा प्रदेश सरकारले अर्कै कार्यका लागि उपयोग गर्न खोजेकोमा आपत्ति जनाउँदै उसले प्रदेशसभा अवरूद्ध पारेको हो ।
बैठक सुरू भएलगत्तै कांग्रेका प्रमुख सचेतक उपेन्द्र कुशवाहले विपी उद्यान सञ्चालन गर्न दिइएको जग्गामा प्रदेश सरकारले सहिद स्मृति पार्क निर्माण गर्न लागेको भन्दै विरोध गरे । उनले प्रदेश सरकारले उक्त जग्गा कब्जा गरी नाम परिवर्तन गरेको आरोप लगाए ।
कांग्रेसका प्रदेशसभा सदस्यले उठेर विरोध जनाएपछि सभामुख सरोजकुमार यादवले फागुन १५ गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् ।
यो पनि पढ्नुहोस् ।
कांग्रेसको चेतावनी वेवास्ता गर्दै वीरगञ्जमा सहिद पार्क शिलान्यास
प्रदेश सरकारले बनाउन लागेको सहिद पार्कप्रति कांग्रेसको असन्तुष्टि
प्रकाशित समय १८:५५ बजे

















