गृहपृष्ठ लमजुङमा गोठ भत्किएर आठवटा भेडा मरे, दुई लाख क्षति

लमजुङमा गोठ भत्किएर आठवटा भेडा मरे, दुई लाख क्षति

lamjung_newskarobar

गण्डकी प्रदेशको लमजुङमा भेडीगोठ भत्किँदा आठवटा भेडा मरेका छन् । शुक्रबार राति दूधपोखरी गाउँपालिका–३, ठूलो काभ्रेका ८७ वर्षीय इन्द्रजित घलेको कच्ची भेडीगोठ भत्किँदा आठवटा भेडा मरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आठवटा भेडा मर्दा घलेले डेढ लाखबराबर क्षति व्यहोर्नुपरेको छ ।

अघिल्लो रात परेको असिना पानीका कारण ढुंगा माटोले बनेको भेडीगोठ भत्किएको हो । प्रहरीका अनुसार गोठमा ५० हजारबराबरको क्षति पुगेको छ । भेडा र गोठ गरी घलेले २ लाख क्षति व्यहोरेका छन् । गोठ भत्किँदा मानवीय क्षति नभएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु