गृहपृष्ठ भारतीय १ हजार र ५ सय दरका नोट सटहीमा भारतको वेवास्ता

भारतीय १ हजार र ५ सय दरका नोट सटहीमा भारतको वेवास्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारु सटहिको बिषयमा भारतीय पक्षले चासो नदेखाएको बताएका छन् । उनले संसदमा सम्वोधनको क्रममा नोट सटहीका विषयमा भारतीय पक्षसँग पटक पटक कुरा राखिएको भएप्नि ठोस जवाफ प्राप्त नभएको बताएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा आफूले पुराना नोट साट्नेबारे कुरा गरे पनि मोदीले त्यसबिषयमा ठोस जवाफ नदिएको ओलीले संसदलाई जानकारी गराए ।
डेढ वर्षअघि भारतले पुराना १ हजार र ५ सय दरका नोट सञ्चालनमा प्रतिवन्ध लगाएको थियो । भारतमा रहेका त्यस्ता नोट साटिए पनि नेपालमा रहेका नोट अहिलेसम्म साटिएका छैनन् । नेपालले पटक–पटक नोट साट्न आग्रह गरे पनि भारतले त्यसमा चासो दिएको छैन ।

प्रकाशित समय ०७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु