गृहपृष्ठ आर्मीका रिमाललाई सफल पोखरा म्याराथनको उपाधि
आर्मीका रिमाललाई सफल पोखरा म्याराथनको उपाधि
गत वर्षका उपविजेता त्रिभुवन आर्मीका हरी कुमार रिमालले १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको उपाधि हात पारेका छन् । निर्धारित दुरी उनले २ घण्टा ४० मिनेट १० सेकेण्डमा पार गर्दै उपाधिसहित नगद एक लाख रुपैयाँ पुरस्कार हात पार्न सफल भएका हुन् ।
त्यसै गरी उनले यसै वर्ष गत जेठमा अन्नपूर्ण बेसक्याम्पमा भएको अन्नपूर्ण म्याराथन दौडमा विजेता भएका थिए भने गत वर्षको पोखरा म्याराथनमा उनी दोश्रो भएका थिए । यस पटकको पोखरा म्याराथन जित्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागी भएका उनले जितसँगै खुसी व्यक्त गर्दै प्रतियोगिताको सुरुमा पानी परेर बाटो केही चिप्लो भएको गुनासो गरे ।
प्रतियोगितामा शसस्त्र प्रहरी बलको एपिएफका खिम बहादुर खत्रीले निर्धारित दुरी २ घण्टा ४० मिनेट २० सेकेण्डमा पार गर्दै दोश्रो भए । उनले ७० हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । उनी गत वर्ष उक्त प्रतियेगितामा तेश्रो भएका थिए ।
निर्धारित दुरी २ घण्टा ४१ मिनेट १७ सेकेण्डमा पार गरी नेपाल पुलिसका भुमिराज राई तेश्रो भए । हुनेलाई ५० हजार प्रदान गरियो । पोखराका पुर्ण तामाङले निधारित दुरी २ घण्टा ४२ मिनेट ५५ सेकेण्डमा पार गरी शान्त्वना भए । शान्त्वना भएका तामाङलाई ७ हजार प्रदान गरिएको थियो ।
त्यसैगरी १० किलोमिटर दौडमा पनि विभागीय टोलीकै वर्चश्व कायम रह्यो । उक्त ईभेण्टको पुरुषतर्फ आर्मीका विकास कार्की प्रथम, आर्मीका राजन रोकाया दोश्रो र आर्मीकै शिव बहादुर रायमाझी तेश्रो भए । १० किलोमिटर महिला तर्फको दौडमा भने पुलिसका राजपुरा पछाई प्रथम, एपिएफका बृन्द्धा श्रेष्ठ दोश्रो र आर्मीका सरीता बंशी तेश्रो भइन् ।
प्रकाशित समय १७:१६ बजे

















