गृहपृष्ठ शेष घलेद्वारा ग्रामीण क्षेत्रका विद्यार्थीका लागि २३ लाख ७५ हजार सहयोग

शेष घलेद्वारा ग्रामीण क्षेत्रका विद्यार्थीका लागि २३ लाख ७५ हजार सहयोग

sesh_ghale

गैर आवासिय नेपाली संघ (ए.आर.एन) का पूर्वअध्यक्ष, समाजसेवी शेष घलेले छात्रवृत्तिका लागि अक्षयकोष रकम हस्तान्तरण गरेका छन् । तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई एक समारोहकाबीच घलेले सोमबार २३ लाख ७५ हजार मूल्य बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

ग्रामीण भेगका गरीब तथा जेहेन्दार छात्र/छात्राहरुको लागि उनले उक्त रकम बराबरको चेक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाज गुरुङलाइ हस्तान्तरण गरेका हुन् । घलेले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार २० जना छात्र/छात्राहरुको निम्त्ति उक्त रकम हस्तान्तरण गरेको अध्यक्ष गुरुङले जनाए ।

प्रकाशित समय १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु