गृहपृष्ठ निशानको नयाँ गाडी ‘किक्स’ पोखरामा

निशानको नयाँ गाडी ‘किक्स’ पोखरामा

kiks_car_pokhara

प्रिमियर मोटर्स प्रा.लि.पोखराले निशानको नयाँ गाडी ‘किक्स’ बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाई पाउने दावी गरेको छ । किक्सलाई मूल्य, ब्राण्ड र प्रिमियमनेसको हिसाबले ‘द इन्टिलिजेन्स एसयूभी’का रुपमा स्थापित हुने दावी प्रा.लि.का प्रबन्ध निर्देशक सिरोज विजय कोइरालाले गरे ।

सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र प्रा.लि.का प्रवन्ध निर्देशक कोइरालाले संयुक्त रुपमा किक्स गाडीको अनावरण गरे । सोमबार नै पाँचवटा किक्स गाडी बुकिङ समेत भएको प्रिमियर कम्पनीले जानकारी दिएको छ ।

किक्सको फराकिलो भित्री भाग र स्टाइलिष्ट बाहिरी आवरणले ग्राहकहरुलाई आकर्षित गर्ने विश्वास प्रिमियर कम्पनीको छ । उत्कृष्ट विशेषता सहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको  ५९ लाख ९९ हजारमा उपलब्ध भएको प्रशासकीय प्रमुख मोहन गिरीले जानकारी दिए ।

प्रकाशित समय १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु