गृहपृष्ठ माधव नेपाल भन्छन्- सरकारमा रहेकाहरूमा बोल्ने प्रवृत्ति मात्रै हावी भयो

माधव नेपाल भन्छन्- सरकारमा रहेकाहरूमा बोल्ने प्रवृत्ति मात्रै हावी भयो

madhav_kumar_nepal_newskarobar

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले सरकारमा रहेकाहरूमा जनताको आवाज सुन्ने भन्दा पनि बोल्ने मात्रै प्रवृत्ति हावी भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले मुलुकका विभिन्न पेशा तथा व्यवसायमा देखिएका समस्या समाधान गर्न तदारूकता अपनाउनुपर्ने उल्लेख गरे । त्यस्ता समस्यालाई राष्ट्रिय समस्याका रूपमा लिँदै समयमै सम्बोधन नहुने हो भने त्यसले विसंगती निम्त्याउने भन्दै जनताका गुनासाहरू तत्काल सम्बोधन हुनुपर्ने उल्लेख गरे ।

पछिल्लो समय मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै उनले चिन्ता व्यक्त गरे । पैसा बिना सेवाग्राहीको काम नगर्ने प्रवृत्ति मौलाएको उनको भनाइ थियो । जनतालाई न्याय एवं समानताको प्रत्याभूति गराउँने तथा अन्याय, अत्याचार र भ्रष्टाचार नियन्त्रण राज्यको दायित्व भएको उनको भनाइ थियो ।

प्रकाशित समय १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु