गृहपृष्ठ बक्सिङ र सफ्ट टेनिसको छनोट खेल सम्पन्न

बक्सिङ र सफ्ट टेनिसको छनोट खेल सम्पन्न

game_biratnagar

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश-१ बाट प्रनिधित्व गर्ने खेलाडीको छनोट खेलहरु जारी रहेको छ । विराटनगरमा भएको सफ्ट टेनिस खेलका खेलाडी छनोट भएका छन् ।

पुरुषतर्फ युकेश योञ्जन, रनिश तामाङ, आशिष बोहरा, अभिषेक कार्की र आभाष बुढाथाकी छनोट भए । महिलातर्फ श्रेया योञ्जन, जर्जिया चौधरी, श्रेया राई, श्रेला योञ्जन र आभाना कार्की छनोट भए ।

त्यस्तै, झापामा भएको टेबल टेनिसको पुरुषतर्फ मोरङका बोधित डिसी, सुनसरीका प्रतीक थापा, सुनसरीका अनमोल विक, सुनसरीकै महावीर चौधरी र मोरङका सन्तोष काफ्ले छनोट भए ।

महिलातर्फ सुनसरीकी गीता भुजेल, मोरङकी एलिना राई, सुनसरीकी रुपमा लिम्बू, सुनसरीकै सोनाम ठाकुर र सोलुखुम्बुकी धनमाया राई छनोट भए । त्यसैगरी विराटनगरमा भएको सुटिङअन्तर्गत पुरुष राइफलतर्फ मोरङका युवराज श्रेष्ठ र सुनसरीका दुर्लभ श्रेष्ठ तथा महिलातर्फ मोरङकी तुलादेवि खड्का र झापाकी सिम्रन थापा मगर छनोट भए ।

पुरुष पेस्तोतर्फ झापाका प्रकाश राई, मोरङका राजु थापा र मोरङकै नेत्रबहादुर खड्का तथा महिलातर्फ मोरङकी कमला राई, झापाकी लक्ष्मी भण्डारी र मोरङकी मञ्जु सरदार छनोट भए ।

त्यस्तै पुरुष क्रिकेटतर्फ मोरङले सुनसरीलाई ८९ रनले पराजित गर्दै उपाधी जितेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनायो ।

जसमा मुकुन्द यादवले ५४, पुष्प थापा ३१, सिद्धान्त लोहनी २३, रवि राय १४ र फिर्दोष अन्सारीले १३ रन बनाए । बलिङमा सुनसरीका सरोज बस्नेतले २ विकेट लिए । १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सुनसरीले २० ओभर पूरै खेल्दै ८ विकेटको क्षतीमा ८७ रनमै समेटियो । जसमा रितेश रायले २० र अब्जल हुसैनले १२ रन बनाए ।

मोरङका अमृत सिंह र श्रवण यादवले ३-३ विकेट तथा मुकुन्द यादवले २ विकेट लिए ।

प्रकाशित समय १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु