गृहपृष्ठ कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन आजदेखि
कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन आजदेखि
फाइल तस्बिर
कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । दोस्रो अधिवेशन समाप्त भएको करिब चार महिनापछि तेस्रो अधिवेशन सुरु हुन लागेको हो ।
अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले अधिवेशन सुरु भएको पत्र पढेर सुनाउने र दुईवटा विधेयक पेश हुने कार्यसूची रहेको छ संसद सचिवालयले जनाएको छ । कर्णाली प्रदेशमा सुशासन प्रत्याभुति गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक र सार्वजनिक प्रशारण सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक पेश हुने सचिवालयले जनाएको छ ।
यस्तै सरकारले गरेका कामकार्वाहीका विषयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिने कार्यसूची छ ।
प्रकाशित समय ०८:१७ बजे
















