गृहपृष्ठ मार्जिन कारोबार सुरु गर्न स्टकको आग्रह

मार्जिन कारोबार सुरु गर्न स्टकको आग्रह

नेपाल स्टक एक्सचेञ्जले धितोपत्रको दोस्रो बजारमा मार्जिन कारोबार सुरु गर्न धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ ।

स्टकले मंगलबार सबै धितोपत्र दलाल व्यवसायीलाई पत्राचार गर्दै मार्जिन कारोबार प्रणाली सुरु गर्न आग्रह गरेको हो । कारोबारलाई सुरक्षित, पारदर्शी एवम् व्यवस्थित बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्जिन कारोबार सुविधासम्बन्धि कार्यविधि, २०७५’ तयार भई लागू भइसकेको छ ।

यही कार्यविधिअनुसार आवश्यक कार्य गर्न तथा गराउन धितोपत्र दलाल व्यवसायीलगायत सबैलाई स्टकले आग्रह गरेको छ । यो व्यवस्थाबमोजिम शेयर लगानीकर्ताले शेयर बजारमा लगानीका लागि धितोपत्र दलाल व्यवसायीबाट ऋण लगायतका अन्य सुविधासमेत पाउनेछन् ।

धितोपत्र नै धितोमा राखेर पनि ऋण पाउन सक्ने भएकाले त्यस्तो व्यवस्थाले बजार विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित समय ०७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु