गृहपृष्ठ एनआईसी एशिया बैंकका ग्राहकले घरैबाट केवाईसी अपडेट गर्न सक्ने
एनआईसी एशिया बैंकका ग्राहकले घरैबाट केवाईसी अपडेट गर्न सक्ने
एनआईसी एशिया बैंकका ग्राहकले अब घरैबाट ग्राहक पहिचान अद्यावधिक गर्न सक्ने भएका छन् । ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले अनलाइनबाट केवाईसी अपडेल गर्न सकिने व्यवस्था मिलाएको हो । यससँगै इन्टरनेट जडान भएको जुनसुकै स्थानबाट बैंकका ग्राहकले यो सेवा पाउनेछन् ।
यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गएर ‘update KYC Online’ मा आफ्नो खाता नम्बर, मोबाइल नम्बर र इमेल आईडी राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकका देशभर २७७ शाखा कार्यालय, २९० एटिएम, ३९ वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकि इकाइ छन् ।
प्रकाशित समय १२:१६ बजे

















