गृहपृष्ठ पर्यटनमन्त्रीको निधनको शोकमा गण्डकीका सबै जिल्लामा शोकसभा

पर्यटनमन्त्रीको निधनको शोकमा गण्डकीका सबै जिल्लामा शोकसभा

rabindra-newskarobar

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको निधनको शोकसभा गरिने भएको छ । मन्त्री अधिकारीको अन्त्येष्टि भने कास्कीस्थित रामघाटमा राजकीय सम्मानका साथ गरिने भएको छ ।

त्यसअघि नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा उनको शव राखिने छ । त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने नेकपाले जानकारी दिएको छ ।

सरकारले बुधबार नै मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय गरेको थियो । अन्त्येष्टिमा प्रधानमन्त्री केपी ओलीसहित मन्त्री, दलका नेतालगायत उच्चपदस्थ व्यक्तिहरूको सहभागिता रहनेछ ।

नेकपाले मन्त्री अधिकारीको निधनको शोकमा गण्डकी प्रदेशका सबै जिल्लामा शोकसभा गर्ने र तीन दिन पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

 

प्रकाशित समय १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु