गृहपृष्ठ प्रदेश- ५ : स्थायी राजधानी कहाँ ? नाम के ?

प्रदेश- ५ : स्थायी राजधानी कहाँ ? नाम के ?

जानकार भन्छन्- प्रदेशको राजधानी प्रशासनिक सुगमताका लागि हुनुपर्छ

pradesh_5

प्रदेश- ५ स्थापना भएको एक वर्ष पूरा भएको छ । सोही समयमा नै स्थापना भएका गण्डकी, कर्णली, सुदुरपश्चिम प्रदेशले स्थायी राजधानी र प्रदेशको नामाकरण गरिसकेका छन् । तयर, यो मामलामा प्रदेश-५ अझै अनिर्णित छ । प्रदेश-५ मात्र होइन १, २ र ३ नम्बर प्रदेशले पनि स्थायी राजधानी र प्रदेशको नाम टुंग्याउन सकेका छैनन् ।

प्रदेश- ५ को स्थायी राजधानी कहाँ बनाउने भनेर प्रदेशसभाले गठन गरेको विशेष समितिले जिल्ला जिल्लामा गएर सुझाव संकलन गरिरहेको छ । करिब ६ महिना पाहिला गठन गरेको  विशेष समितिले गरेको सुझावको आधारमा प्रदेशको नामकरण र राजधानी टुंग्याउने गरी प्रदेशसभाले कार्य अगाडि बढाएको थियो ।

यद्यपी, विशेष समितिले ६ महिना सम्मको समयमा यत्तीकै गुजारेको थियो । अहिले सभापति दीपेन्द्रकुमार पुन मगरका अनुसार बाँके, बर्दिया, रोल्पा, पूर्वी रुकुम, प्यूठान, दाङ, रुपन्देही, नवलपरासी, पाल्पामा सुझाव संकलनको काम सकिएको छ । यस्तै कपिलवस्तु, गुल्मीमा तथा अर्घाखाँचीमा पनि उक्त समितिले सुझाव संकलन गरेको छ ।

लिखित रुपमा शुझाव संकलन गरेको प्रदेशको नामकरण तथा राजधानी सिफारिस गर्न बनेको विशेष समितिले लिखित रुपमा आएका सुझावहरुलाई एकै पटक अध्ययान गरी प्रतिवेदन बनाएर प्रदेशसभामा पेश गर्ने छ । प्रारम्भिक चरणमा जुन जुन जिल्लामा समितिका सदस्यहरु सुझाव संकलनको लागि गएका छन् , स्थानीयहरुले पायक पर्ने स्थानमा नै   राजधानी बनाउन र प्रदेशको नामकरण सबैको साझा नै हुनुपर्ने बताएका छन् ।

विशेष समितिका सभापती पुन मगर भन्छन्, ‘आफुहरुलाई पायक पर्ने स्थानमा नै राजधानी बनाउन माग गर्नु स्वभाविक हो, कुनै कुनै जिल्लाबाट मौखिक रुपमा पहिला नै भौतिक पूर्वाधार निर्माण भैसकेको स्थानमा नै राजधानी बनाउनको लागि सुझाव आएको छ ।’ उनले लिखित रुपमा आएको सुझावहरुको विषयमा एकमुष्ट अध्ययन गरेर मात्र भन्न सकिने बताएका छन् ।

सुझाव संकलनको क्रममा प्यूठान, रोल्पा, पूर्वी रुकुम, बाँके र बर्दियाले भौगोलिक अवस्थाको कारण दाङ उपयुक्त हुने गरी सुझाव दिएको बताइएको छ । कतिपय जिल्लाका बासिन्दाहरुले जहाँ बने पनि प्रवाह  गरिने सेवा सुविधा गाउँ गाउँमा आएमा राजधानीको ठोस अर्थ नभएको समेत बताएका छन् ।

 

छुट्टीएला त, बाँके बर्दिया ?

पछिल्लो समयमा बुटवल प्रदेशको अस्थायी मुकाम बनेपछि रुष्ट बनेका बाँके  र बर्दिया जिल्लाका कतिपय स्थानियहरुले बाँके र बर्दिया प्रदेश- ५ बाट छुट्टीएर कर्णली प्रदेशमा गाभिनको लागि सुझाव दिएको बताइएको छ । भने कतिपयले बुटवलमा नै स्थायी राजधानी, कतिपयले दाङ नै उपयुक्त हुने सल्लाह दिएका छन् ।

बुटवलबाट ४ घण्टा ४३ मिनेटको राजमार्गको बाटो तय गर्दै बर्दिया पुग्न करिब २ सय ६० किलोमिटर (स्रोत गुगलम्याप) यात्रा तय गर्नुपर्ने छ ।

जसको कारण पनि बाँके र बर्दियाँ कर्णाली प्रदेश सुर्खेतमा नै समावेश हुन चाहेको बताइएको छ । प्रदेशको नामाकरण र स्थायी राजधानी सिफारिसका लागि प्रदेश सचिवालयले केही समय पहिला बर्दियामा गरेको सुझाव संकलनका क्रममा स्थानीयको तर्फबाट बर्दिया विकास सरोकार मञ्चले कर्णाली प्रदेशमा गाभ्न माग गरेको हो ।

बर्दियामा विशेष समितिले अन्तरक्रिया गरिरहँदा बाहिर धर्ना र नाराबाजी भएको थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग अविभाज्य नङ र मासुको सम्बन्ध राख्ने बर्दियालाई अलग्याएर भिन्नाभिन्नै प्रदेशमा राखिनु अस्वभाविक र मुर्खता भएको बर्दिया विकास सरोकार मञ्चका संयोजक दिनेशप्रसाद श्रेष्ठले बताए ।

राजधानीका लागि बुटवल भन्दा सुर्खेतको दुरी नजिक रहेको तर्क उनको रहेको छ । प्राकृतिक श्रोत हिसाबले बर्दिया राष्ट्रिय निकुञ्जको ५९ दशमलव ३४ प्रतिशत चुरेक्षेत्र सुर्खेतमा पर्ने भएकाले कर्णाली प्रदेशको सुर्खेत र बर्दियालाई अलग गर्न नहुने उनीहरुको माग छ । बर्दियालाई कर्णाली प्रदेशमा गाभिए मात्र जिल्लाको विकास सम्भव हुने तर्क पनि स्थानीयले गरेका छन् ।

 

के भन्छन् अर्थ विश्लेषक

baikuntha panday ecomonist
बैकुण्ठ पाण्डे, अर्थशास्त्री

प्रध्यापक तथा अर्थशास्त्री बैकुण्ठ पाण्डेका अनुसार प्रदेश राजधानी जनातको लागि भन्दा पनि प्रशासनिक सुगमताको लागि भएको बताउछन् । भौतिक पूर्वाधारहरु निर्माण भएका स्थानमा नै प्रदेशको राजधानी राखिनु उपयुक्त हुने उनको तर्क छ ।

‘प्रदेशको राजधानी जनातको लागि भन्दा पनि प्रशासनिक सगमताको लागि हो,’ पाण्डेले न्युज कारोबारसँग भने, ‘जनताको लागि त गाउँ गाउँमा स्थानीय निकायहरु रहेका छन् । उनीबाट नै कार्य सम्पादन हुनेछ ।’ आर्थिक दृष्टिकोणबाट प्रदेशको राजधानीका लागि रुपन्देही नै उपयुक्त हुने उनको ठम्याइ छ ।

रुपन्देही पूर्व-पश्चिम राजमार्गको मध्य भाग हुनुको साथै प्रदेश-३ सँग सहजरुपमा जोडिएकाले पनि राजधानीका लागि यो नै उपयुक्त हुने उनको भनाइ छ । यस्तै बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बुटवल भैरहवा ६ लेन सडक, भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र(सेज), नेपालकै सबैभन्दो ठूलो दोस्रो बेलहिया नाकाको कारण पनि रुपन्देही नै राजधानीका लागि उपयुक्त भएको उनको तर्क छ ।

अहिले भइरहेका, उपयोगमा आइरहेका विभिन्न भौतिक संरचनाबाट हटेर नयाँ स्थानमा भौतिक संरचना निर्माण गर्दा सरकारको अरबौंको लागत यतिकै खेर जाने भएकाले पनि अहिले जे जसरी नै सञ्चालन भैरहेको छ सोहीमा केही परिमार्जित गरी सञ्चालन गर्नु उपयुक्त भएको उनको सुझाव छ ।

नामकरणको विषयमा खासै विवाद छैन । गौतम बुद्धको जन्मस्थल लुम्बिनी रुपन्देही जिल्लामा रहेको कारणले बुद्धसँग जोडीएका नामहरुमा नै सबैको सहमति भएको बताइएको छ । लुम्बिनी प्रदेश, बुद्धभूमि प्रदेश, गौतम बुद्ध प्रदेश लगायतका नामहरु पछिल्लो समय चर्चामा छन् ।

 

कसले कुन जिल्लाबाट सुझाव लिए ?

सुझाव संकलनका लागि ६ वटा टोली बनाइएको छ । एउटा टोलीमा २ जना सदस्य छन् । टोलीमा कम्तीमा २ र बढीमा ३ जना रहेर २-२ वटा जिल्लाको सुझाव लिइएको छ ।

  • रुकुम (पूर्व) र रोल्पामा वीरबहादुर राना र दिनेश पन्थी
  • रूपन्देही र नवलपरासी पश्चिममा सरस्वती गौतम र तेजबहादुर वली
  • कपिलवस्तु र अर्घाखाँचीमा तारा जिसी र वैजनाथ कलवार
  • दाङ र प्युठानमा निर्मला क्षेत्री, नारायण आचार्य र कल्पना पाण्डे
  • बाँके र बर्दियामा विष्णु पन्थी र तुलसी चौधरी
  • गुल्मी र पाल्पामा बाबुराम गौतम, सहसराम यादव र भुवनेश्वर चौधरी

प्रदेश- ५ मा कुल ८७ जना संसादहरु छन् । जसमा नेकपाका- ६१ (सभामुखसहित) जना, कांग्रेस- १९ जना, संघीय समाजवादी फोरम- ५ जना, राष्ट्रिय जनमोर्चा- १ जना, राष्ट्रिय जनता पार्टी- १ जना सांसद छन् ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु