गृहपृष्ठ जमिन बाँझो राखे जरिवाना

जमिन बाँझो राखे जरिवाना

सांकेतिक तस्बिर

दाङको तुलसीपुर उपमहानगरपालिकाले जमिन बाँझो राख्नेलार्इ जरिवाना गर्ने भएको छ । नगर इलाकाभित्र साउनदेखि कुनै पनि जमिन बाँझो राखेको पाइए अतिरिक्त मालपोत शुल्क लिइने नगरपालिकाले जनाएको छ ।

बाँझो जमिन राख्दा उत्पादकत्वमा ह्रास हुने र परनिर्भरता बढ्ने भएकाले यस्तो नीति ल्याएको नगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले वर्षमा एक बाली पनि खेती नगर्ने, फलफूल नरोप्ने वा जमिनमा कुनै पनि संरचना नबनाई बाँझो राख्नेलाई निरुत्साहित गर्न यस्तो नीति ल्याइएको जानकारी दिइन् ।

वर्षमा एक बालीसमेत नलगाउने र बाँझो जमिन राख्नेलाई अतिरिक्त मालपोत शुल्क लगाइनेछ भने एक वर्षमा लगातार तीन बाली उत्पादन गर्ने कृषकलाई भने करमा छुट दिइने नीति उपमहानगरपालिकाले लिएको छ । उपमहानगरपालिकाको नीतिप्रति स्थानीयले समेत खुसी व्यक्त गरेका छन् । तुलसीपुर–६, रजौराकी सुशीला भट्टरार्इले उपमहानगरको नीतिले वर्षौंदेखि बाँझो रहेका जग्गा संरक्षण हुने बताइन् । अनावश्यक रुपमा खेतीयोग्य जमिनमा प्लटिङ गर्नसमेत रोक लाग्नुपर्ने उनको धारणा छ ।

तीन सय ८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको उपमहानगरपालिकामा अधिकांश जमिन वर्षौंदेखि बाँझो राख्ने गरिएको छ ।

प्रकाशित समय १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु