गृहपृष्ठ सकियो लगानी सम्मेलन, १५ परियोजनामा सम्झौता
सकियो लगानी सम्मेलन, १५ परियोजनामा सम्झौता
केकेमा भयो सम्झौता (नामसहित)
सरकाले अयोजना गरेको लगानी सम्मेलन १५ वटा लगानी सम्झौता गर्दै सम्पन भएको छ । विभिन्न ४० देशका प्रतिनिधिहरु सहभागी सम्मेलनमा ७३५ विदेशी पाहुना, ६०० भन्दा बढी नेपाली प्रतिनिधि, ३०० भन्दा बढी विदेशी कम्पनी र १ सयभन्दा बढी नेपाली कम्पनीको सहभागिता रहेको सम्मेलनमा डेढ दर्जनभन्दा बढी प्रतिबद्धता आएका छन् ।
चौधरी ग्रुपसँग मात्र विभिन्न ४ क्षेत्रमा लगानी गर्ने गरी सम्झौता भएको छ । जसमध्ये ३ वटा विदेशी नीजि क्षेत्रका लगानीकर्ता र एउटा प्रदेश नंम्बर २ सँग सम्झौता भएको हो । चौधरी ग्रुप र ससाफ ग्रुपबीच होटलमा लगानी, ५ जी सेलफोन बनाउन गरी टर्क सेल ग्रुपसँग सम्झौता भएको हो । यस्तै ६ सय मेगावाट विद्युत उत्पादन गर्न चौधरी ग्रुप र स्काई पावरबीच सम्झौता भएको छ । प्रदेश २ र चौधरी ग्रुपबीच उक्त पदेशमा २ सय मेगावाट पावर प्लान्ट बनाउन सम्झौता भएको छ । अपर त्रिशुली कोरियन कम्पनीले लगानी गर्ने गरी कोरियन कम्पनी होसेले ६ सय १५ मिलियन लगानी सम्झौता गरेको छ । आयोजना सन् २०२४ सम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । यो कम्पनीले कोरिायामा ११ हजार मेगावाट विद्युत उत्पादन गरिरहेको छ । यसैगरी ९ सय मेगावाटको अरुण तेश्रोमा भारतको सतलज कम्पनीसँग स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नविल बैंकले संयुक्त लगानी गर्ने गरी सम्झौता गरेका छन् । यस्तै १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणका लागि युनान सिन्ह्वा वाटर कम्पनी र नेपालको हाईड्रो सोलुसनसँग निर्माण सम्झौता भएको छ ।
सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) पीपीपी मोडलमा बनाउन ईन्टरनेसनल फाईनान्स कम्पनी (आईएफसी) सँग सम्झौता भएको छ । बनेपामा हिमालय बुटिक रिसोर्ट बनाउन सिन्सिएर कन्सल्टिङ लिमिटेड र रिसोर्स हिमालय बुटिक रिसोर्ट (अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान) बीच सम्झौता भएको छ । गैर आवासीय नेपाली संघले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने गरी १० बिलियनको पूर्वाधार कोष स्थापनाका लागि एमओयु सम्झौता भएको छ । वायर हाउस निर्माणका लागि जोईन्ट भेन्चरमा ग्रीन हाउस फेम्ली र निम्बस गुपको सम्झौता भएको छ ।
म्यानमार लाईसेन्स कन्टयाक्ट एसोसियसन र नेपाल कन्टयाक्ट एसोसियसन एफक्यानबीच नेपालको भौतिक संरचना निर्माणका लागि सम्झौता भएको छ । यस्तै भारतको मुथुट ग्रुपले युनाईटेड फाईनेन्समार्फत ३९ दशमलव ९ करोड लगानी गर्ने गरी सम्झौता भएको छ । लगानी बोर्ड नेपाल र लगानी बोर्ड अफ्रिकाबीच आयोजनाहरुको अध्ययन र लगानी साझेदारीका लागि सम्झौता भएको छ । एपी पावर कम्पनीले सौर्य उर्जा (१६ मेगावाट), वायु उर्जा र जलविद्युत गरी कुल १ सय ५० मेगावाट विद्युत उत्पादनमा लगानी गर्ने गरी एमओयु भएको छ ।
नेपाल अवसरै अवसर भएको देश होः प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल अवसरै अवसर भएको देश भएको बताएका छन् । शनिबार नेपाल लगानी सम्मेलनको समापन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले नेपालमा लगानीका अवसर प्रशस्तै भएकाले ढुक्कले लगानी गर्न आग्रह गरे । सम्मेलन उत्साहजनक र बृहत् रुपमा सम्पन्न भएको बताएका अध्यक्ष प्रचण्डले भने, ‘यो २ दिनको सम्मेलन पूर्ण रुपमा सफल भएको छ । लगानीका परियोजनमा निजी क्षेत्रले देखाएको सहभागिताले हालको नेपालमा व्यवसायिक वातावरण बलियो मात्र भएको छैन, प्रतिफलसमेत उच्च भएको शन्देश दिएको छ ।’
नेपालमा राजनीतिक स्थायित्व भइसकेको बताउँदै उनले नेपालले अब आर्थिक समृद्धिमा जोड दिएको बताए ।’ सरकारले लगानीकर्तालाई पर्याप्त सुविधा दिने र प्रकृयागत झन्झट नहुने अवस्था सिर्जना गर्न सरकारले प्रतिबद्धता व्यक्त गरेको छ,’ उनले भने, ‘सुधार चलिरहने प्रक्रया हो । हामीले सुरु गरेको सुधारको प्रकृया चलिरहेन छ ।’ लगानी लामो समयपछिको लागि प्रतिफलका लागि गरिने चर्चा गर्दै अध्यक्ष प्रचण्डले सफल लगानीले लामो समयमा सबैलाई फाइदा दिने बताए । २००६ पछि नेपालमा लगानीको वातावरण बनेको उनले बताए । राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण बनेको उनले उल्लेख गरेका थिए ।
प्रकाशित समय १९:२१ बजे

















