गृहपृष्ठ बजेटले लक्ष्यअनुसारको आर्थिक समृद्धि हासिल गर्न सक्दैन : पूर्वअर्थमन्त्री महत

बजेटले लक्ष्यअनुसारको आर्थिक समृद्धि हासिल गर्न सक्दैन : पूर्वअर्थमन्त्री महत

बुटवल– नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेटले लक्ष्यअनुसारको आर्थिक समृद्धि हासिल गर्न नसक्ने ठकुवा गरेका छन् । बजेटले निर्धारण गरेको लक्ष्य निर्धारणका लागि नै सरकार असफल भएको नेता महतको आरोप छ ।
बुटवलमा आज आयोजित कार्यक्रममा डा. महतले सरकारले सस्तो लोकप्रियताका लागि मिठा–मिठा शब्दजाल भरेर बजेट बनाएको टिप्पणी गरे । एक वर्षमा पाँच लाखलाई रोजगारी दिने बजेटमा उल्लेख गरिए पनि त्यसका लागि कुनै तयारी र अध्ययन नभएको उनको भनाइ छ । ‘रोजगारी सिर्जना भनिएको छ तर त्यो कसरी र कुन तरिकाले गर्ने हो, त्यो उल्लेख छैन, शब्दमा मात्रै रोजगारी लेखेर हुन्छ ?’ नेता महतले भने ।
सरकारले आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिनु असान्दर्भिक भएको टिप्पणी गर्दै उनले भने, ‘आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सोही अनुपातमा लगानी गर्नुपर्ने हुन्छ, तर लगानीका लागि आर्थिक अवस्था नै नाजुक छ, त्यसतर्फ सरकारले सोचेकै छैन ।’ नेपालमा कर बढी भएकाले लगानी निरुत्साहित भएको महतको तर्क छ । ‘ट्याक्स कम भए पो लगानी भित्रिन्छ,’ उनले भने ।

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु