गृहपृष्ठ नेकपा सचिवालय बैठक : स्थायी समितिलाई एजेण्डा

नेकपा सचिवालय बैठक : स्थायी समितिलाई एजेण्डा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ ।
नेताहरुका अनुसार बिहीबार बस्ने स्थायी समिति बैठकमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठक बुधबार अपरान्ह ३ बजे बस्ने र सोही बैठकका लागि एजेण्डा तय गरिएको जानकारी दिए ।

बुधबार बस्ने स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले रिपोर्टिङ गर्ने श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले हालै सम्पन्न आफ्नो चीन भ्रमण तथा सरकारको कामकारबाहीबारे जानकारी गराउने छन् भने अर्का अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक एकीकरण प्रक्रिया आदिबारे रिपोर्टिङ गर्नेछन् ।

स्थायी समिति बैठकमा पार्टीको प्रस्तावित नियमावलीबारे छलफल गरेर स्थायी समितिको सुझाव लिने काम पनि हुने पार्टी प्रवक्ता श्रेष्ठले जानकारीदिए । पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले नियमावलीको मस्यौदा सचिवालयलाई बुझाइसकेको छ । स्थायी समितिको सुझावपछि त्यसलाई अन्तिम रुप दिइने प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित समय १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु