गृहपृष्ठ राष्ट्रिय सभाको बैठक कांग्रेसद्वारा अवरुद्ध

राष्ट्रिय सभाको बैठक कांग्रेसद्वारा अवरुद्ध

rastriyasabha-newskarobar

राष्ट्रियसभाको बुधबारको बैठक प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ । विशेष समयमा बोल्ने क्रममा कांग्रेसको तर्फबाट राष्ट्रियसभा दलका नेता सुरेन्द्रराज पाण्डेले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

बैठकमा बोल्दै पाण्डेले अनशनरत चिकित्सक डा. गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै उनको अवस्थाका बारेमा जानकारी गराउन माग गरेका थिए । राजधानीका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको सम्बन्धमा सदनलाई जानकारी गराउन पनि उनले सरकारसँग माग गरे ।

पाण्डेले अनशनरत गंगामाया अधिकारीको अनशनप्रति सरकारले बेवास्ता गरेको आरोप लगाए । विभिन्न समयमा सांसदहरुले उठाएका समसामयिक विषयमा समेत सरकारले जवाफ नदिएको जिकिर गर्दै पाण्डेले सो विषयमा सरकारको तर्फबाट स्पष्ट जवाफ माग गरे । उनले जवाफ नआएसम्म सदनको काम कारबाही अगाडि बढाउन नदिने घोषणा गर्दै विरोध जनाए । त्यसलगत्तै कांग्रेसका सदस्यले विरोध जनाएका थिए ।

(रासस)

प्रकाशित समय १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु