गृहपृष्ठ बेलायतमा चुलियो राजनीतिक संकट

बेलायतमा चुलियो राजनीतिक संकट

belayat-newskarobar

बेलायतका विदेशमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन् । योसँगै प्रधानमन्त्री थेरेसा मेमाथि ठूलो दबाब परेको छ ।

बेलायतमा यो राजनीतिक उथल–पुथल यस्तो समयमा भइरहेको छ, जब युरोपेली संघबाट अलग हुनका लागि बेलायतसँग ९ महिनाभन्दा कम समय छ । बोरिस जोनसनभन्दा एकदिन अघि युरोपेली संघबाट बेलायतलाई बाहिर निकाल्ने जिम्मेवारी पाएका मुख्य वार्ताकार थिए ।

बेलायतको कन्जर्भेजिभ पार्टीका उच्च नेताहरूले प्रधानमन्त्री थेरेजा मेले उनको नेतृत्वमा तत्काल चुनौतीको सामना गर्नुपर्ने बताएका छन् । बेलायतले युरोपेली संघ इयु छोडेपछि पनि उनीहरूसँग निकट व्यापार सम्बन्ध राख्ने उनको योजनालाई लिएर ती मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

जोनसनले प्रधानमन्त्री मेको योजनाले देशलाई उपनिवेशको हैसियतमा पुर्याउने बताएका छन् । तर, मेले सरकार वा विपक्षी दलमा औपचारिक स्थान नभएका सांसदहरूसँग भेटेकी थिइन् । युरोपेली संघबाट ब्रिटेन बाहिरिनुपर्नेमा वकालत गर्नेहरूले आफूहरू अहिले मेविरुद्ध नजाने बताएका छन् । जनसनले राजीनामा दिएपछि उनको ठाउँमा स्वास्थ्यमन्त्री जेरेमी हन्ट आएका छन् ।

प्रकाशित समय ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु