गृहपृष्ठ विश्व फुटबलमा सनसनी मच्चाएको क्रोएशिया, यस्ताे छ इतिहास
विश्व फुटबलमा सनसनी मच्चाएको क्रोएशिया, यस्ताे छ इतिहास

विश्वमा अहिले क्रोएशियाको चर्चा छ । फुटबल विश्वकपमा सबैलाई चकित तुल्याउँदै यो मुलुकको टोली फाइनलमा पुगेको छ र कतिपयले क्रोएशिया नै विश्व च्याम्पियन हुने भविष्यवाणी पनि गरिरहेका छन् । अरु बेला बिरलै चर्चा हुने यस मुलुकबारे जान्ने चासो धेरैमा देखिएको छ ।
विश्वकप फुटबलको सुरुवाती चरणमा मानिसहरु अर्जेन्टना, ब्राजिल, जर्मनी, स्पेनको नारा लगाइरहेका थिए । तर, केही दिनमै यी टोली घर फर्किए र नारा पनि बन्द भयो । यसपटकको खेल उपाधि दाबेदार मानिएका टोली, तीनका समर्थकका लागि मात्रै नभएर विश्वकै लागि ‘सरप्राइज’ बन्न पुगेको छ । यसपाली पुराना नायक बाहिरिए र नयाँ नायक चम्किएका छन् । विश्वकपमा फ्रान्सले साबित गरिदिएको छ, उसको नाकमुनिबाट अरुले विश्वकप उठाउनु बच्चाको खेल होइन । तर, इतिहास भने क्रोएशियाले रचेको छ जसले दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई पाखा लगाइदियो र उपाधि जित्ने बलियो लक्ष्य तय गरेको छ । यो सानो युरोपली मुलुकको फुटबल टोली अब विश्वकप उपाधिका लागि फ्रान्ससँग भिँड्नेछ ।
करिब ४० लाख जनसंख्या भएको क्रोएशियाका जनता नै आफ्नो टिमको प्रदर्शनलाई सजिलैसँग यकिन गर्न सकिररहेका छैनन् । क्रोएशियाले स्वयं पनि यो प्रश्नको जवाफ दिन सकेको छैन कि ऊ स्वतन्त्रतापछि अहिलेसम्म खेलेका ६ म्याचमध्ये पाँचबाट विश्वकपमा पुग्न र सन् १९९८ मा सेमिफाइनलसम्म पुग्न कसरी सफल भयो ?
फुटबलका पण्डितहरुले क्रोएशिया (पूर्ववर्ती युगोस्लाभिया)को एकेडेमी सिस्टमका कारण नै यस्तो सफलता हात परेको बताएका छन् । सन् १९८७ मा चिलीमा खेलेको अन्डर ट्वेन्टी विश्वकपमा जितेर उसले सनसनी मच्चाएको थियो । त्यो म्याच क्रोएशिया स्वतन्त्र भएपछि पहिलो थियो । चिली, ब्राजिल र वेस्ट जर्मनीजस्ता शक्तिशाली टोलीलाई हराएपछि यूगोस्लाभियालाई सबैभन्दा शानदार युवा टोलीका रुपमा अथ्र्याइयो । तर, यो कुरा साबित हुन सकेन ।
चार वर्षलगत्तै सन् १९९१ मा बाल्कन युद्ध सुरु भयो । त्यसले कैयौँ आसा चकनाचुर पारिदियो । सात वर्षपछि सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा टाटेपाटे रातो चेक जर्सी लगाउने खेलाडीले संसारलाई देखाइदिए कि क्रोएशिया कति किफायती टोली हो । मुलुकबाट रक्तपात युद्ध सकिएको तीन वर्षपछि मिलेको यो खुसी क्रोएशियाका लागि छायाँबाट निक्लेर आफ्नो ठाउँ बनाउने दिशामा मिलेको पत्थर साबित भयो ।
क्रोएशियाको फुटबल समृद्धिमा डिनोमो जाग्रेब एकेडेमीलाई ठूलो जश जान्छ । किनकी, उसैले लुका मोडरिक, डेजान लोवरन, सिमे विरास्लाजको, मारियो मान्दजुचिक र मातेओ कोवासिचजस्तो खेलाडी दियो ।
यो मुलुक मध्य र दक्षिण पूर्व यूरोपको बीचमा अवस्थित छ र एड्रियाटिक सागरको नजिकै छ । क्रोएशियाको राजधानीका नाम जाग्रेब हो । करिब ५६ हजार वर्ग किलोमिटरमा फैलिएको यो देशमा बढी मानिस रोमन क्याथलिक छन् । क्रोएशियन जनता छैठौँ सताब्दीमा यहाँ आएर बसेका थिए र टोमिस्लाव उनीहरुको पहिलो राजा थिए ।
सन् ११०२ मा यो मुलुक हंगेरीसँग मिल्यो र १५२७ मा अटोमन साम्राज्यको बढ्दो प्रभाव समक्ष क्रोएशियाली संसदले फर्डिनेड अफ हेब्सवर्गलाई आफ्नो राजा मान्यो । १९ औँ शताब्दीको सुरुवातमा यो मुलुकको टुक्रा फान्सीसी इलीरियर प्रभिन्समा भयो । त्यतिबेला अस्ट्रिया– हंगेरीले बोस्निया हर्जगोविनामाथि कब्जा जमाएको थियो । यो विवाद सन् १८७८ मा भएको बर्लिन सन्धीमा समाधान गरियो ।
सन् १९१८ मा क्रोएशियाली संसदले स्वतन्त्रता पाएसँगै ‘स्टेट अफ स्लोवेनस, क्रोएट्स एन्ड सर्ब’सँग जोडिने फैसला पनि ग¥यो । अप्रिल १९४१ मा नाजी जर्मनीको अगुवाइमा ध्रुवीय शक्तिहरुले यूगोल्साभियामाथि कब्जा जमाए । त्यतिबेला क्रोएशियाको अधिकांश हिस्सा नाजी समर्थक हाबी भएको क्लाइन्ट स्टेमा पर्यो । यसपछि विरोध शुरु भयो । त्यसैको परिणाममा फेडरल स्टेट अफ क्रोएशिया बन्यो ।
यसपछि यो सोशलिस्ट फेडेरल रिपब्लिक अफ यूगोस्लाभियाको संस्थापक सदस्य र संघीय घटक बन्न पुग्यो । सन् १९१८ देखि १९९१ को बीच क्रोएशिया, यूगोस्लाभियाको हिस्सा रहेको थियो । सन् १९९१ मा क्रोएशियामा लडाईँ सुरु भयो । यो समयमा क्रोयशियाले ठूलै क्षति बेहोर्नुपर्यो ।
बढ्दो तनावकाबीच क्रोएशियाले २५ जुन, १९९१ मा स्वतन्त्रताको घोषणा गर्यो । यो बीचमा परिस्थिति बिग्रिरहेको थियो । किनकि, युगोस्लाव पब्लिक आर्मी र सर्ब प्यारामिलिट्री समूहले क्रोयशियामाथि आक्रमण गरेका थिए । १९९१ को अन्त्यसम्म आइपुग्दा क्रोएशियासँग सिर्फ आफ्नो एक तिहाइ भूमिमा कब्जा रहेको थियो । क्रोएशियाली मुलुकका मानिसहरुलाई निशाना बनाइएको थियो । लाखौँ मारिए र बेघर बन्न पुगे । १९९२ जनवरीमा क्रोएशियाले यूरोपीयन इकोनोमिक कम्युनिटीबाट मान्यता पायो र यसपछि संयुक्त राष्ट्र संघले उसलाई परिचय दियो । १९९५ मा युद्ध सकिएसँगै क्रोएशियाको जित भयो । योसँगै बाघी क्षेत्रबाट दुई लाख सर्बियाली लेखेटिए र उक्त भूमि बोस्निया हर्जगोविनाबाट आएका क्रोएशियाली त्ररणार्थीहरुलाई राख्नका लागि काम लाग्यो ।
नियन्त्रणवाला बाँकी क्षेत्र १९९५ मा भएको एक सम्झौतापछि क्रोएशियाले पायो । तर, युद्धपछि पनि क्रोएशियाको दुख सकिएन । किनकि, उसलाई दोस्रो पटक आफ्नो खुट्टामा उभिने मौका सदुपयोग गर्न निकै समय लाग्नेवाला थियो । सन् २००० पछि क्रोएशियामा लोकतन्त्र केही मजबुद भयो । आर्थिक विकास र संरचनागत सामाजिक सुधारका रुपमा आयो । साथै बेरोजगारी, भ्रष्टाचार र प्रशासनिक अराजकताजस्ता हैरानी पनि । तर, उसले लामो यात्रा पनि तय ग¥यो । ऊ युरोपेली संघ, संयुक्त राष्ट्र संघ, यूरोपेली परिषद्, नेटो, डब्ल्यूटीओको सदस्य मुलुक हो । यूएनको पीस किपिङ फोर्सको सक्रिय सदस्य भएका कारण क्रोएशिया नेटोको अगुव मिसनमा आफ्ना सैनिक पठाइरहेको छ । क्रोएशियाको अर्थव्यवस्था सर्बिस, इन्डस्ट्री र खेतीमा आधारित छ । पर्यटनले पनि यो मुलुकको अर्थव्यवस्थामा महत्वपूर्ण टेवा पु¥याएको छ । संसारका शीर्ष २० पर्यटन स्थलमा यो मुलुकमा अग्रपक्तिमा आउँछ । विगतमा ठूलो संघर्ष झेलेका क्रोएशियालीका लागि फुटबल घाउको मलम बनेको छ ।
प्रकाशित समय ०८:५४ बजे