गृहपृष्ठ विश्वकप फाइनल अर्जेन्टिनी रेफ्रीले खेलाउने

विश्वकप फाइनल अर्जेन्टिनी रेफ्रीले खेलाउने

Nestor-Pitana

रुसमा जारी विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिनी रेफ्री हुने भएकाछन् । आउँदो आइतबार राति मस्कोमा हुने फ्रान्स र क्रोयशियाबीचको फाइनल अर्जेन्टिनाका रेफ्री नेस्तोर पितानाले खेलाउने भएका हुन् । पिताना सन् २०१० देखि अन्तर्राष्ट्रिय रेफ्री रहँदै आएका छन् ।

४३ वर्षका फिलिकल एजुकेशन टिचर पितानाले रुस विश्वकपमा अहिलेसम्म चार खेलमा रेफ्रीको भूमिका खेलीसकेका छन् । उनले रुस र साउदी अरेबियाबीचको उद्घाटन खेल तथा समूह चरणमा मेक्सिको र स्वीडेनबीचको खेल खेलाएका थिए । यसैगरी अन्तिम १६ मा क्रोएसिया र डेनमार्क तथा क्वाटरफाइनलमा उरुग्वे र फ्रान्सबीचको खेल पनि उनैले खेलाएका हुन् ।

पितानालाई उनको सहयोगी टिमसहित फाइनल खेलाउने रेफ्रीका रुपमा फिफाले चयन गरेको हो । हेर्नान माइदाना र आन पाब्लो बेलात्तीले फाइनलमा पितानालाई सहयोग गर्नेछन् ।

प्रकाशित समय ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु