गृहपृष्ठ पुटिनलाई बेकसुर भन्नु देशद्रोहबराबर : अमेरिकी मिडिया

पुटिनलाई बेकसुर भन्नु देशद्रोहबराबर : अमेरिकी मिडिया

cnn-newskarobar

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेटे । फिनल्यान्डको हेलसिन्कीमा भएको ट्रम्प र पुटिनबीचको भेटवार्तालाई लिएर अमेरिकी सञ्चारमाध्यममा अनेकौं टीका–टिप्पणी भएका छन् ।

राष्ट्रपतिद्वयको भेटपश्चात पत्रकार सम्मेलनमा पुटिनले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रभाव नपारेको बताए । तर, पुटिनले यसो भन्दैमा राष्ट्रपतिको निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी धारणामा ठूलो प्रभाव पर्ने देखिन्न ।

tweet-newskarobar

पुटिनसँगको भेटपछि राष्ट्रपति ट्रम्प अमेरिकी सञ्चार माध्यमको निसानामा छन् । सोमबार साँझ ट्रम्प र पुटिनले हेलसिन्कीमा ‘प्रेस कन्फ्रेन्स’ गरेका थिए । त्यसबखत पुटिनले ‘अमेरिकी संका’लाई सम्बोधन गर्ने प्रयास गरे । ‘डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेको हेर्न म चाहन्थेँ,’ पुटिनले त्यसबखत भने, ‘तर, रुसले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा कुनै दख्खल दिएको छैन ।’

पुटिनले भनेको कुरा कति सत्य हो या होइन ? जे भए पनि ट्रम्पका लागि भने महत्वपूर्ण हो । किनभने, उनी अहिले अमेरिकी राष्ट्रपति छन् । उनी जुन निर्वाचनमार्फत् अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए सोही निर्वाचनमा रुसी हस्तक्षेप भएको अमेरिकीहरुको गुनासो छ । यसर्थ, पुटिनको यो कुरा अमेरिकामा सबैभन्दा बढी कसैले मन पराउँछ या समर्थन गर्छ भने सम्भवतः त्यो व्यक्ति डोनाल्ड ट्रम्प हुन सक्छन् ।

सोही कार्यक्रममा ट्रम्पले पुटिनलाई सही ठहर्याए । उनका अनुसार यो मामिलामा पुटिन सही छन्, बरु यसमा यस्तो आरोप लगाउने अमेरिकीहरु सही छैनन् ।

अमेरिका र रुस दुई महाशक्ति राष्ट्र हुन् । यिनको सम्बन्ध शीतयुद्धदेखि सौहार्द्र बन्न सकेको छैन । अमेरिकी मिडियाको नजर रुसलाई हेर्ने दृष्टिकोणमा अझै त्यसको छनक पाइन्छ । ट्रम्पले पुटिनको समर्थन गरेपछि अमेरिकी मिडायाले यस सम्बन्धमा लेखेका छन्, ‘ट्रम्पले जे गरे त्यो देशद्रोहभन्दा कम छैन ।’

tweet1-newskarobar

अमेरिकी मिडियाका अनुसार ट्रम्पले परम्परा तोडेका छन् । यो उनको सबैभन्दा शर्मानक क्षण हो । किनकि, अमेरिकी खुपिया एजेन्सीले पनि रुसले निर्वाचनमा दख्खल दिँदै नतिजा प्रभावित पार्ने प्रयास गरेको दाबी गर्दै आएको छ ।

ट्रम्पले अधिकारीको कुरा मानेनन् : द वासिंगटन पोस्ट
द वासिंगटन पोस्टले यस सम्बन्धमा एक विश्लेषण लेखेको छ । जहाँ ट्रम्पले अधिकारीको कुरा नमानेको र आफ्नो तरिकाले प्रस्तुत भएको विश्लेषण गरिएको छ ।

फिनल्यान्ड गएर विरोधीलाई सफाइ दिए : द न्युयोर्क टाइम्स
द न्युयोर्क टाइम्सले भने ट्रम्पले फिनल्यान्ड पुगेर ‘विरोधी देश’को नेतालाई सफाइ दिए । उनले रुसी राष्ट्रपतिको कुरा पत्याएको तर अमेरिकी खुफिया एजेन्सीको गलत सावित गरेको भन्दै द न्युयोर्क टाइम्समा आलोचना गरिएको छ । द न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले विदेशी भूमिमा जे गरे त्यो अहिलेसम्मका अमेरिकी राष्ट्रपतिले गरेका थिएनन् । उसले सिआईएका पूर्वनिर्देशक जोन बर्ननको हवाला दिँदै लेखेको छ– ट्रम्पको प्रेस कन्फ्रेन्स खराब आचरणको मुहानमा थियो, यो देशद्रोहभन्दा कम थिएन ।

ट्रम्प कार्यकालको शर्मानक क्षण : सिएनएन
अमेरिकी च्यानल सिएनएनले विश्लेषण गर्दै लेखेको छ– यो राष्ट्रपति ट्रको कार्यकालको सबैभन्दा शर्मानक क्षण हो । ‘ट्रम्पले विदेशमा गई आफ्नो देशको खुपिया एजेन्सी र संसदीय समितिलाई गलत सावित गरिदिए,’ सिएनएन लेख्छ, ‘यो उनले त्यतिबेला गरे, जतिबेला उनको साथमा रुसी राष्ट्रपति थिए ।’ सिएनएन प्रश्न गर्दै लेख्छ, ‘के पुटिनले अमेरिकी चुनावमा दख्खल दिएको छैन भन्दैमा हामीले मान्नुपर्छ ?’

प्रकाशित समय १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु