गृहपृष्ठ राजदूतको शपथ प्रधानमन्त्रीले गराउन मिल्दैन : पाैडेल

राजदूतको शपथ प्रधानमन्त्रीले गराउन मिल्दैन : पाैडेल

ramchandra paudel-newskarobar

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजदूतको शपथ प्रधानमन्त्रीले गराउन नमिल्ने जिकिर गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पौडेलले सरकारले भारतका लागि राजदूत नियुक्तिका लागि गरेको सिफारिस र राजदूतले प्रधानमन्त्रीबाट शपथ लिनुपर्ने व्यवस्थाप्रति चासो व्यक्त गरेका हुन् ।

संविधानले भविष्यमा हुने सरकारी नियुक्तिका कारण संवैधानिक अंगका पदाधिकारीहरुको कार्यसम्पादनमा प्रभाव नपरोस् भनेर संविधानको धारा २४५ को उपधारा ८ को व्यवस्था गरेको उल्लेख गदै पौडेलले लेखेका छन्, ‘नेपालको संविधानको धारा २४५ को उपधारा ८ मा भनिएको छ– ‘निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन ।’

‘राजदूत नियुक्तिको सिफारिस र राजदूतको शपथ विवाद’ शीर्षक दिँदै पौडेलले स्ट्याटसमा राजदूत नियुक्तिमा संवैधानिक व्यवस्थाको आसय भनेको पछि हुने सरकारी नियुक्तिका कारण निर्वाचन आयोगजस्ता संवैधानिक आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुको कार्यसम्पादनमा प्रभाव नपरोस भन्ने रहेको दाबी गरेका छन् ।

‘राजदूत भनेको सरकारको मात्र होइन, राष्ट्रको प्रतिनिधित्व गर्ने हुनाले प्रधानमन्त्रीले शपथ ग्रहण गराउने कुरा मिल्दैन,’ पौडेलले भनेका छन्, ‘राजदूतको शपथ ग्रहण राष्ट्रपतिबाट नै हुनुपर्छ । राष्ट्रपति भनेको राष्ट्राध्यक्ष हो । प्रधानमन्त्री भनेको कुनै दल विशेषको हुन्छ ।’

राजदूत बनेर गएको मुलुकमा ओहोदाको प्रमाणपत्र पनि त्यो देशको राष्ट्रप्रमुखलाई बुझाउने र नेपालमा आउने राजदूतहरुले पनि राष्ट्रप्रमुखलाई नै ओहोदाको प्रमाणपत्र बुझाउने प्रचलन रहेको भन्दै पौडेलले राजदूतको शपथ प्रधानमन्त्रीले गराउन नमिल्ने जिकिर गरेका हुन् ।

प्रकाशित समय १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु