गृहपृष्ठ तस्बीरमा हेर्नुस्, बसन्तपुरमा डा. केसीका समर्थककाे सामूहिक अनसन
तस्बीरमा हेर्नुस्, बसन्तपुरमा डा. केसीका समर्थककाे सामूहिक अनसन
अनसनरत डा. गोविन्द केसीको मागमा समर्थन जुटाउन नागरिक सत्याग्रह सुरु भएको छ । काठमाडौंको वसन्तपुरमा बिहान १० बजेदेखि नागरिक सत्याग्रह सुरु गरिएको हो ।
डा. केसी अनशन बसेको २३ दिनसम्म पनि सराकारले सम्बोधन नगरेको भन्दै दबाब दिन नागरिक सत्याग्रह सुरु गरिएको हो । सत्याग्रहमा अहिलेसम्म १ सय भन्दा धेरैले सहभागिता जनाएका छन् । नागरिक सत्याग्रह साँझ ५ बजेसम्म रहने छ ।
सोलिडारिटी फर डाक्टर केसी एलाइन्सले सुरु गरेको सामुहिक सत्याग्रह बिहान १० देखी साँझ ५ बजेसम्म हुने डा। केसीका सहयोगि अभिषेकराज सिंहले जानकारी दिए । डा। केसीको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन सामुहिक सत्याग्रहमा बसिएको उनले बताए ।





तस्बिर : सुनिल प्रधान
प्रकाशित समय १३:२७ बजे

















