गृहपृष्ठ डा. केसीको आन्दोलन किन बदनाम हुँदैछ ?

डा. केसीको आन्दोलन किन बदनाम हुँदैछ ?

जुम्ला र बानेश्वर यसरी बन्यो रणभूमि

prahari-newskarobar प्रदर्शनकारीकाे अाक्रमणबाट घाइते भएका प्रहरी

 

घटना नंवर १, स्थान : जुम्ला
गएको बिहीबार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारी टोली डा. गोविन्द केसीलाई लिन गयो । काठमाडांै उपचार गराउन ल्याउने उद्देश्यले गएको सो टोलीलाई डा. केसी समर्थक बताउनेहरुले अस्पताल छिर्न दिएनन् । डा. केसीको स्वास्थ अत्यन्त खतरामा रहेको भन्दै छिटो भन्दा छिटो माग पुरा गर्न सरकारलार्ई दबाव दिने सो भीडले नै डा. केसीलाई उपचार गर्न काठमाडौं नलैजान भन्यो ।

डा. केसीको जीवन रक्षाको लागि भन्दै आँन्दोलन गरेको बताउने भीडले उपचार गर्न काठमाडौं ल्याउन खोज्दा रोकेपछि सुरक्षाकर्मी आश्चर्यमा परे । नेपाली सेनाको हेलिकप्टर अस्पताल परिसरमा बस्नासाथ आन्दोलनरत भीडले अस्पताल घेरिसकेको थियो ।

 

अत्यन्तै संवेदनशील क्षेत्र मानिने अस्पतालका वार्डहरुमा छिरेर आन्दोलनकारी नाराबाजी गर्न थाले । प्रदर्शनकारीले अस्पताल हाताभित्र तोडफोड गरे, अस्पतालमा क्षति पुग्यो । जसका कारण जीवन र मृत्युसँग संघर्ष गरिरहेका बिरामी झनै भयभित हुने वातावरण बन्यो ।

अथक सत्याग्रही डा. केसीका कति माग जायज कति नाजायज त्यो बेग्लै विषय हो । तर उनको अनसनको आवरणमा जुम्ला अस्पताल रणभूमि तुल्य भयो । युद्ध समेत घोषणा गरेर हुन्छ तर आन्दोलनकारीहरु अघोषित रुपमै शसस्त्र युद्ध शैलीमै होमिए । प्रहरीको हतियार खोस्ने प्रयास भयो । अस्पतालका झ्याल ढोका तोडफोड गरियो । भीड नियन्त्रणको लागी सम्झाउदै गरेका प्रहरीमाथि झ्याल ढोका फोडेर निस्किएको किलासहितको काठले आक्रमण भयो । ढुंगामुडा र किलासहितको काठ लिएर सुरक्षाकर्मीमाथि उग्र भीड जाई लाग्यो । प्रहरीको हतियार तथा संञ्चार सेट खोस्ने प्रयास भयो । तर प्रहरी भने भिड नियन्त्रणको लागी संयमित हुदै संझाउदै थिए ।

jumla-newskarobar
जुम्लास्थित अस्पतालभित्र अान्दाेलनकारीहरू

 

आन्दोलनकारीको भीडले किला सहितको काठ सुरक्षाकर्मी माथि अन्धाधुन्ध प्रहार गरे । केही सुरक्षाकर्मी घाईते भए । एक जना सुरक्षाकर्मीको छातीमा किलासहितको काठ रोप्दा गम्भीर घाईते हुन पुगे । छातिमा किला रोपिएपछि मुर्छित भई ढलेका जनताका सेवकलाई निर्दयी आन्दोलनकारीले अझै छाडेनन् । जनताको शान्ति सुरक्षा र जीउ धनको रक्षा गर्न खटिएका प्रहरीलाई दुस्मन ठान्दै गिद्धले सिनो लुछेझै भिडले लुछिरह्यो ।

अन्त्यमा दर्जनौं प्रहारपछि प्रहरी जवान कमल आचार्य मरेको ठानेर छाडिदिए । आफ्ना सहकर्मीमाथि आन्दोलनकारीहरुले लगातार आक्रमण गरेपछि प्रहरीले केही सेल अश्रु ग्याँस प्रहार गर्याे ।

२०७२ भदौ ७ को कैलाली घटना दोहोरिनबाट प्रहरीले आफैलाई बचायो । तर, आन्दोनकारीले ‘दमकारी प्रहरी मुर्दावाद’ भन्दै नारा लगाए । शान्तिपूर्ण आन्दोलनमा अत्याधिक दमन भएको भन्दै प्रहरीमाथी आरोप लाग्यो ।

घटना नम्बर २, स्थान : नयाँ बानेश्वर
शनिबार राजधनीमा एउटा गजबको घटना भयो । बुद्धिजीवीका नाममा बानेश्वरमा कोण सभा भयो । त्यहाँ कांग्रेसको झण्डा मिसियो । आन्दोलनमा अधिकांश सरकारले दिएको पेन्सन खाएकाहरु, सरकारी जागिर खाएर अघाएकाहरु सरकारविरुद्ध डकार्दै थिए । मार्ईतिघरबाट नयाँ बानेश्वर चोकसम्म आइपुग्दा प्रदर्शनकारी फेरि आक्रोशको पात्र बने । बानेश्वर चोकबाट भीड अगाडि बढ्न नदिन काडेतार लगाएर निषेधित क्षेत्र बनाईएको थियो । सयौंको संख्यामा लाठीसहितको भिडले काडेतारको बार निमेशभरमै टुक्रा–टुक्रा बनाए । भीड नियन्त्रणको लागि बसेका सुरक्षाकर्मीका टाउकोमा ढुंगा र ईटा बज्रिए । नजीकै रोकिएका मन्त्रीका गाडी झर्याम झुरुम पारियो । त्यतिमात्र नभई प्रदर्शनकारीद्वारा वरिपरी रहेका व्यापारिक कम्प्लेक्सका भवनहरुका सिसा तोडफोड भयो । जनपथ प्रहरीले बोकेका लौरौ खोसेर उनीहरुमाथीनै अन्धाधुन्ध प्रहार भयो ।

dsp-newskarobar
प्रहरि नायब उपरीक्षक (डिएसपी) माथि जाइलाग्दै प्रशदर्नकारी

 

हतियार बोकेका प्रहरीका समेत हतियार खोस्ने प्रयास भयो । हतियार खोस्ने प्रदर्शनकारीको प्रयास सफल नभएपनि केही थान संञ्चार सेट भने खोस्न सफल भए । प्रहरी भीड नियनत्रणमा लाठी प्रहार गर्दा हतियार खोस्न जाईलाग्ने तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहित केही प्रदर्शनकारी सामान्य घाईते भए ।

प्रहरीले संयमता र धैर्यतालाई काबुमै राखेकोले प्रदर्शनकारीप्रति क्षति भएन । आवश्यकभन्दा बढी सोझापना देखाएकै कारण प्रहरीतर्फ प्रहरी नायब उपरिक्षक, प्रहरी निरीक्षकलगायतका दर्जनौ प्रहरी अधिकारी घाईते भए । भीड नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रु ग्याँस प्रहार गर्नुपरेको थियो ।

बानेश्वर घटनामा एक प्रहरीको हतियार आन्दोलकनारीबाट खोसिनै लाग्दा उनले जोगाउन सफल भएका थिए । त्यपछि उनी हतियार हातमा लिएर भागेका थिए । जुन तस्बिर देखाएर सामाजीक संञ्जालमा प्रहरीले दमन गरेको भन्दै प्रदर्शनकारीले चर्चा गरिहरेका छन् ।

किन संयता गुमाउछन् प्रदर्शनकारी ?
‘लोकतान्त्रिक मुलुकमा सामान्य नारा जुलुस हुनु स्वाभाविक हो, तर सीधै सुरक्षाकर्मीमाथिको प्रहार भएको यो आन्दोलनले आश्चर्य लागेको छ,’ द्वन्द्वविद्हरु भन्छन् । प्रदर्शनमा आफ्ना पक्षका हुल धेरै हुदा मनोबल उच्च हुदा उत्तेजित हुने भीडले जुम्ला तथा बानेश्वरका जस्ता घटना गराउने विश्लेषक गेजा शर्मा बताउँछन् ।

‘सडकमा निशेधित क्षेत्र तोड्ने प्रयास त जहिल्यै हुँदै आएको छ, तर अस्पताल हाताभित्र तोडफोड गर्ने, अस्पतालका सेवा बन्द गर्ने, बिरामीका सलाईन थुत्ने यो अराजक आन्दोलन भने नेपालीको इतिहासमा पहिलो हो,’ द्वन्द्वविद्हरु भन्छन् ।

कतिपय प्रहरीमा भीड नियन्त्रणको बेला टेक्निकल ज्ञानको कमि हुनाले समेत प्रहरीतर्फ बढी क्षती हुने विज्ञहरु बताउछन् । पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक (डिआईजी) हेमन्त मल्लले भने, ‘प्रर्दशनकारी एक हुल भएर माहुरीको रुपमा अगाडि बढ्छन् । प्रहरी पनि त्यही रुपमा अगाडि जान्छ । जसले गर्दा उसले आफ्नो कमान्डको निर्देशन नै देख्दैन र उसलाई आन्दोलनकारीले आक्रमणको मौका पाउछन् ।’

शुरक्षाकर्मीलाई नै छैन सुरक्षा
स्थानीय प्रशासन ऐन २०२८ अनुसार कुनै पनि भिड नियन्त्रण गर्ने प्रहरीले सुरुमा लाठीचार्ज, अश्रु ग्याँस, पानीको फोहोरा र त्यसपछि मात्र हवाई फाइरिङ गर्न पाउँछ । तर पछिल्ला आन्दोलनमा लाठिचार्ज गर्नुभन्दा भीडलार्ई सम्झाउन लागेको देखिन्छ । जसलाई कमजोरी ठान्दै प्रदर्शनकारीले प्रहरीको हातमा भएको लाठी तथा हतियार खोस्ने दुस्प्रयास गरेका छन् ।

जसको प्रष्ट उदाहण जुम्लामा प्रहरी जवान कमल आचार्य बनेका छन् । उनको हातमा रहेको लाठी खोसेर प्रदर्शनकारीले किलासहितको काठ प्रहार गरे । भीड नियनत्रणमा सुरक्षाकर्मीलाई अधिकार दिन कन्जुस्याँई गरेकैले २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरीको हत्या भएको थियो । देश र जनतको हितमा काम गर्ने सुरक्षाकर्मीप्रति नै अराजक भीड नियन्त्रणको लागि मुलुकको कानुन असहिष्णु भएको भन्दै पटक–पटक आलोचना हुने गरेको छ ।

प्रकाशित समय १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु