गृहपृष्ठ आम निर्वाचनमा इमरान खान ‘म्यान अफ दि म्याच’

आम निर्वाचनमा इमरान खान ‘म्यान अफ दि म्याच’

पाकिस्तानमा हालै भएको आम निर्वाचनमा पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ अगाडि देखिएको छ । यही आधारमा इमरान खानले आफ्नो जित भएको दबाी गरेका छन् । बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा उनले भने, ‘अब म मुलुक यसरी चलाउँछु कि यसअघि कसैले पनि त्यसरी चलाउने प्रयास नै गरेका छैनन् ।’

इमरानको जितपछि उनका समर्थकले खुसी मनाए र विभिन्न ठाउँमा विजय जुलस निकाले ।

पाकिस्तानका सबै अखबारमा इमरानको जितबारे समाचार छ । एक अखबारले उनलाई ‘म्यान अफ दि म्यान’ भनेको छ ।

पाकिस्तानमा बुधबार केन्द्रीय र प्रान्तीय सिटका लागि मदतान भएको थियो । यसमा केन्द्रीयमा २७० सिटका लागि मतदान भएको थियो ।

जितपछि आफ्नो पहिलो पत्रकार सम्मेलनमा इमरानले भनेका छन्, ‘म भारतसँगको सम्बन्ध पनि सुधार्ने छु ।’

पीटीआइले पन्जाव प्रान्तमा पनि सरकार बनाउने घोषणा गरेको छ ।

इमरान खानको पार्टी अगाडि आएपछि पाकिस्तानको शेयर बजार हरियाली छाएको छ । कराचीँ स्टक एक्सचेन्जमा ७०० अंकको उछाल आएको छ ।

मुस्लिम ली (नवाज) र पीपुल्स पार्टीसमेत गरी विभिन्न राजनीतिक पार्टीहरुले मतपरिणामप्रति आपत्ति जनाएका छन् ।

निर्वाचनमा ९५ दलका ११,६७६ उम्मेदवार मैदानमा थिए ।

प्रकाशित समय ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु