गृहपृष्ठ प्रधानन्यायधीशमा प्रस्तावित जोशीको निर्णय आज

प्रधानन्यायधीशमा प्रस्तावित जोशीको निर्णय आज

संसदिय समितिले अनुमोदन गर्ला त ?

प्रधानन्यायधीशमा प्रस्तावित दीपकराज जोशीको सुनुवाइ आज हुँदै छ । संसदीय सुनुवाइ समितिले हिजो जोशीका विरुद्ध परेको उजुरुका विषयमा प्रश्न सोधेको थियो । समितिका सदस्यहरुले सोधेका प्रश्नको जोशीले उत्तर दिएपछि निर्णय आजको लागि सारिएको हो ।

समितिको आजको बैठकले उनको नाम अनुमोदन गर्न सक्ने छ । जोशीका विरुद्ध समितिमा पाँच वटा उजुरी परेको थियो । उजुरीका आधारमा समिति सदस्यहरुले सरकारी जग्गाका मुद्दा फछ्र्यौट, एनसेल प्रकरण अलग–अलग तहका परीक्षाको शैक्षिक प्रमाणपत्र लगायतका विषमा प्रश्न राखेका थिए । जवाफमा जोशीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम नगरेको बताएका थिए ।

उनले समितिको बैठकमा फ्नो कार्यकालमा छिटो र सहज तरिकाले न्याय दिन बताएका थिए । न्याय परिषद्ले भावी प्रधानन्याधीशका लागि गत चैत १३ गते वरिष्ठताका आधारमा दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद् पठाएको थियो । संवैधानिक परिषद्ले जोशीको नाम प्रधानन्यायाधीशका लागि सिफारिश गरी संसदीय सुनुवाइ समितिमा पठाएको थियो ।

प्रकाशित समय ०८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु