गृहपृष्ठ भूकम्पका बेला ‘दिन्छु’ भनेको रकमको पहिलो किस्ता बल्ल दिँदैछ भारत

भूकम्पका बेला ‘दिन्छु’ भनेको रकमको पहिलो किस्ता बल्ल दिँदैछ भारत

प्रभावितहरुलाई पहिले नाकाबन्दी त्यसपछि राहत

india-help-newskarobar

वि.सं. २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पमा कारण नेपालमा ठूलो क्षति भयो । त्यसलगत्तै सरकारले दाता सम्मेलन आयोजना गर्याे । उक्त सम्मेलनमा दक्षिणी छिमेकी भारतले २५ अर्ब अनुदान र ७५ अर्ब ऋण गरी एक खर्ब उपलब्ध गराउने प्रतिबद्धता जनायो ।

तर, भूकम्प लगत्तै मुलुक संविधान निर्माणको दिशामा अग्रसर भयो । अन्य राजनीतिक प्रसंग पनि कारक हुन सक्छन्, तर भूकम्पले नेपाली राजनीतिज्ञलाई एकै ठाउँमा उभ्यायो । फलस्वरुप नेपालको संविधान जारी भयो ।

तर, संविधानमा रहेका केही व्यवस्थाप्रति भारत रुष्ट भयो र नाकाबन्दी गर्याे । भूकम्प प्रभावितहरुलाई भारतले दिएको पहिलो उपहार थियो नाकाबन्दी ! तर, उसले नाकाबन्दी घोषणा गरेन । अघोषित रुपमै नाकाबन्दी गरिरह्यो ।

क्षतविक्षत भएको नेपालमा भारतीय पक्षले नाकाबन्दी लगाएपछि अन्तर्राष्ट्रिय जगतमा भारतको ठूलो आलोचना भयो । यस्तो आलोचना भारतभित्रै पनि भयो । त्यसबखत प्रतिपक्षीले संसदमा कुरा उठाए । त्यसको जबाफमा भारतकी विदेश मन्त्री सुस्मा स्वराजले ‘र्इश्वरले चाहेमा’ केही दिनमा नाकाबन्दी हट्ने प्रतिक्रिया दिइन् ।

यो अवधिमा भारत निरन्तर नेपाली राजनीतिमा हस्तक्षेप गर्ने प्रयासमा रह्यो । तर, सफलता पाउँन भने सकेन । केपी ओलीको दोस्रो पटकको सत्तारोहणलाई धेरैले सोही अर्थमा लिए ।

भारतले भूकम्पपश्चात दिने भनेर प्रतिबद्धता जनाएको रकमको पहिलो किस्ता बापतको रकम अहिले हस्तान्तरण गरेको छ । अफूले दिने भनेर प्रतिबद्धाता जनाएको रकमको पहिलो किस्ताबापतको २ अर्ब १० करोड ४३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । भारतीय राजदूत मञ्जिबसिंह पुरीले अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अर्थ सचिव डा. राजन खनललाई हस्तान्तरण गरेका हुन् ।

भारतले नेपाललइ २५ अर्ब दिने प्रतिबद्धता जनाएको थियो । त्यसको पहिलो किस्ताबापतको रकम शुक्रबार उपलब्ध गराएको हो । भारतले भूकम्प लगत्तै दिने भनेको भए पनि ऊ अनुदान उपलब्ध गराउँने भन्दा आफ्ना निहित स्वार्थ पूर्तिका लागि नाकाबन्दी लगाएर पीडाको घाउमाथि नुनचुक छर्न तम्सिएको थियो ।

यसका साथै भारतले २८ गुम्बा तथा मठ मन्दिरको पुनर्निर्माण गर्ने प्रतिबद्धता गरेकामा ति सम्पदाहरुको पूनर्निर्माण सुरु हुन सकेको छैन । सरकारले आयोजना गरेको दाता सम्मेलनमा भाग लिन आएकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजले पुनर्निर्माणका लागि एक खर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी थिइन् । त्यसमा २५ अर्ब अनुदार र बाँकी ७५ अर्ब सहुलियत ऋण हुने उनको भनाई थियो ।

प्रकाशित समय १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु