गृहपृष्ठ नेप्से स्थिर, सेयर कारोबार १४ करोडमा खुम्चियो, विश्लेषक भन्छन् : स्वाभाविक

नेप्से स्थिर, सेयर कारोबार १४ करोडमा खुम्चियो, विश्लेषक भन्छन् : स्वाभाविक

share-wednesday

लामो समय ओरालो लागेर केही समयदेखि तेर्सो यात्रा गरिरहेको सेयर बजार कारोबार रकमका हिसाबले भने निक्कै खुम्चिएको छ । हप्तौंदेखि २० करोड रुपैयाँ हाराहारी कारोबार भइरहेको बजार बुधबार १४ करोडमा सीमित भएको हो ।

मंगलबार १.४६ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज ०.८९ अंकले घटेर ११८७.३२ अंकमा झरेको छ । मंगलबारको तुलनामा कारोबार कम करिब ५० प्रतिशत घटेको छ । मंगलबार १५७ कम्पनीको ९ लाख ९ हजार ३४१ कित्ता सेयर २१ करोड ३७ लाख रुपैयाँमा किनबेच भएकोमा आज ४ लाख ७४ हजार ८ सय ६१ कित्ता सेयर १४ करोड ९१ लाख रुपैयाँमा किनबेच भएको हो ।

share-wednesday

बुधबार होटल, जलविद्युत र अन्य समूहमा सामान्य सुधार भए पनि अन्य कुनै समूह उकालो लाग्न नसकेपछि समग्र बजार परिसूचक नकारात्मक बन्यो । घटेको बजारमा पनि सपोर्ट माइक्रोफाइनान्स, सिर्जना फाइनान्स, ओम डेभलपमेन्ट बैंक, सोल्टी होटललगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

विश्लेषक भन्छन् : स्वाभाविक
विश्लेषकहरुले भने बजारको अहिलेको अवस्थालाई सामान्य रुपमा लिएका छन् । सेयर बजार विश्लेषक रविन्द्र भट्टराई सेयर बजारको अहिलेको गतिलाई स्वाभाविक मान्छन् । ‘लामो बाटो ओरालो हिँडेको बजार उकालो लाग्नुअघि केही तेर्सो हिँडेको हो, यो स्वाभाविक प्रक्रिया हो,’ उनले न्युज कारोबारसँग भने । उनको भनाइले सेयर बजार अहिले ‘उकालो लाग्नुअघिको मन्दी र स्थिरताको अवस्थामा’ रहेको स्पष्ट संकेत गरेको छ ।

सेयर बजारमा लगानी गर्न चाहनेका लागि अहिलेको समय कम जोखिमयुक्त हुने विश्लेषकहरु बताउँछन् । नेप्से न्यून विन्दुनजिक रहेको, कम्पनीको मूल्य समायोजन पनि करिब भइसकेको र ब्याजदर पनि घटेकाले बजार उकालो लाग्न सक्ने हुँदा जोखिम कम हुने उनीहरुको भनाइ छ । प्राविधिक रुपमा पनि अनलाइन कारोबारका कारण बजारले चाँडै गति लिनेमा सेयर बजार विश्लेषकहरु विश्वस्त छन् ।

प्रकाशित समय १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु