गृहपृष्ठ काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन पोखरामा हुने
काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन पोखरामा हुने
नेपाली कागेंस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको तेश्रो राष्ट्रिय सम्मेलन चैत २८ गतेदेखि पोखरामा हुने भएको छ । पार्टीको गुट र उपगुटको अन्त्य गर्न उक्त सम्मेलन गर्न लागिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
उक्त सम्मेलनमा ६० भन्दा बढी जिल्लाका कोषाध्यक्षहरुको सहभागिता हुने लक्ष्मी पाण्डेले बताईन् । उक्त कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय गरिएको उनले जानकारी दिइन् ।
आर्थिक श्रोतलाई सृदृढ, समृद्ध, पारदर्शी र जवाफदेही बनाउन, विदेश पलायन युवालाई स्वदेशमै रोजगारको व्याबस्था गर्न पार्टीमार्फत सरकारलाई दबाब दिने, महंगी, हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार लगायतको मुद्दालाई शसक्त रुपमा उठाउन सम्मेलन केन्द्रित हुने कास्की कांग्रेसका अध्यक्ष गोविन्द पुडासैनीले बताए ।
प्रकाशित समय १८:५५ बजे
















