गृहपृष्ठ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पूर्वएमाले शैलीमा चल्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पूर्वएमाले शैलीमा चल्ने

nekapa-newskarobar फाइल तस्बिर

काठमाडौं– तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भर्इ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तत्कालीन एमाले शैलीमा चल्ने भएको छ । तत्कालीन माओवादीमा विभाग तथा अन्य संयन्त्र सञ्चालनको विधि स्थापित नभएकाले तत्कालीन एमालेले स्थापित गरेको अभ्यासका आधारमा नेकपा सञ्चालन गर्न लागिएको हो ।

नेकपाले तल्ला कमिटीको एकीकरण प्रक्रिया पनि अघि बढाएको छ । नेकपाले सातै प्रदेशमा कार्यदल बनाएर प्रारम्भिक प्रक्रिया सुरु गरेको हो । सात प्रदेशमध्ये तत्कालीन एमालेले चार र माओवादीले तीन प्रदेशको मुख्य नेतृत्व पाउने गरी तल्ला कमिटीको एकीकरण अघि बढाउन शीर्ष नेतृत्व सहमत भएका छन् ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन माओवादी पक्षले कम्तीमा ३० जिल्लामा अध्यक्ष पाउनुपर्ने अनौपचारिक प्रस्ताव राखेको बताइएको छ । यद्यपि जिल्ला कमिटी एकीकरण गर्दा भागबण्डाका आधारमा नभई आवश्यकता, जनमत, नेताको वरिष्ठतालार्इ आधार बनाइने नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

नेकपाका प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तह र वडा तथा प्रारम्भिक कमिटीमा अध्यक्ष र सचिव दुईमात्र पद रहनेछन् । तत्कालीन एमाले पक्षले अध्यक्ष पाएको ठाउँमा सचिव तत्कालीन माओवादी पक्षले पाउने र तत्कालीन माओवादी पक्षले अध्यक्ष पाएको ठाउँमा तत्कालीन एमाले पक्षले सचिव पाउने समझदारी नेताहरूबीच भइसकेको छ ।

स्थायी कमिटीका ४५ सदस्यमध्येबाट सात प्रदेशका अध्यक्ष र बढीमा ३५ विभागका प्रमुख चयन हुने सम्भावना छ । कतिपय विभागका प्रमुख पोलिट्ब्युरो सदस्य पनि हुन सक्नेछन् । नेकपाको पोलिट्ब्युरो कमिटी १ सय ३५ सदस्यीय बनाउन सिफारिस गरिएको छ ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका सबै सदस्यलाई जिम्मेवारी दिने गरी नियमावली मस्यौदा बनेको छ । नेकपाका २२ वटा जनवर्गीय संगठन निर्क्योल भइसकेका छन् । ती सबै जनसंगठनमा इन्चार्ज र सहइन्चार्ज रहनेछन् । यसअघि तत्कालीन माओवादीको जनसंगठनका रुपमा रहेका पूर्वजनमुक्ति सेना संगठन, बेपत्ता परिवार समाज, सहिद प्रतिष्ठान, घाइते तथा अपांग संघ जस्ता कमिटी अब जनसंगठनका रुपमा रहने छैनन् ।

प्रकाशित समय १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु