गृहपृष्ठ ओली चीन जाँदा दिल्लीमा ‘हंगामा’
ओली चीन जाँदा दिल्लीमा ‘हंगामा’
भारतीय मिडिया लेख्छन्– ‘ओलीको चीन भ्रमण भारतलाई खतरा’
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर भारतीय मिडियामा हल्लीखल्ली मच्चिएको छ । अधिकांश भारतीय सञ्चारमाध्यमले ओलीको चीन भ्रमणका सन्दर्भमा कडा टिप्पणी गरेका छन् ।
ओलीको चीन भ्रमणलाई लिएर केही समय अघिसम्म रहस्यमय मौनता देखाएका ती सञ्चार माध्यमले यतिबेला भने कडा प्रकृतिका समाचार सम्प्रेषण गरेका छन् । उनीहरुले यो भ्रमण ‘भारतको लागि खतरा’ हुने शैलीका टिप्पणी गर्दै त्यसको प्रभाव नेपाल–भारत सम्बन्धमा समेत पर्न सक्ने प्रतिक्रिया जनाएका छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएका द्वीपक्षीय सहमति र नेपाल–चीन सम्बन्धलाई भारतीय प्रमुख सञ्चारमाध्यमले आफ्ना प्रकाशन–प्रशारण सामाग्री मार्फत नेपाल–भारत सम्बन्धको पारम्परिक हैसियतमा चुनौतीका रूपमा दर्शाएका छन् ।

भारतमा चर्चित संञ्चार माध्यमहरुले विगतमा ‘नेपाल चीनतिर ढल्कियो, केपी ओली र चीनबीच विशेष सम्बन्ध’ जस्ता शीर्षकलाई प्राथमिकतामा राख्दै औपचारिकता मात्र पूरा गर्थे । तर यसपटक उनिहरुले ‘ओलीको चीन भ्रमणले दिल्लीकोे सम्बन्ध समेत बञ्चित हुने सम्भावना’ भन्दै खबर प्रकाशित छन् । केही भारतीय मुलधारका संञ्चारमाध्यमले ओलीको चीन भ्रमणलाई सामान्य रुपमा लिदै औपचारिकता मात्र दिएपनि अधिकाशं असंवेदनशील बन्दै अतिरञ्जीत टिप्प्णीमा उत्रिएका छन् ।
बुधबार नेपाल र चीनविच भएका बिभिन्न सम्झौता तथा हुन लागेका बाँकी सम्झौताले भारतमार्फत हुने नेपालको पारवहन व्यापारको एकाधिकार तोडेको मुख्य चिन्ता प्रकट गरिएको छ । यद्यपि उनीहरुले सम्झौता हुँदैमा नेपालले चीनमार्फत पारवहन व्यापार गर्न सजिलो नरहेको पनि औंल्याएका छन् । उनीहरूले नेपाल चीन संझौता अनुसार चिनियाँ रेल नेपाल पुगेमा र भारतको प्रभाव घट्नसक्ने चेतावनीसहित समाचार दिएका छन् ।

चीनले दक्षिण एसियालाई गेटवेको रूपमा नेपाललाई देखेको भन्दै वान वेल्ट वामन रोड ओविवोआर परियोजना भारतको लागी खतरनाक रहेको टिप्पणी गरेको छ । ईन्डिया टिभीले अनलाईन संस्करणमा भनेको छ ‘भारतको हितको लागि नेपाललाई, दक्षिण एशियाबाट बाहिरै राख्नुपर्छ । चीनले नेपालमा सडक र रेल निर्माण गर्न चाहन्छ, जुन भारतको लागि खतरनाक हुनेछ किनभने उनीहरूले सजिलै भारतीय सीमामा आपूर्ति गर्न सक्दछन् ।’ ईन्डिया टिभीले अनलाईन संस्करणमा ओबीओआर नीतिद्वारा भारतको प्रभुत्वबाट नेपालाई उम्काउने कोशिश भएको टिप्प्णी छ । ‘चीन दक्षिण एशियालाई गेटवेको रूपमा नेपाल देख्छ । यो नेपालमा वान बेल्ट वान रोड नीतिद्वारा भारतको प्रभुत्वको घटाउँने कोशिश गरेको छ’ उसले भनेको छ ।
नेपाल–चीन सम्बन्ध सुधार भारतको चिन्ताको विषय भन्दै ईनायडु ईन्डियाले लेखेको छ, ‘बलियो आर्थिक सहयोग र अधिक व्यापार मार्फत चीनले आफ्नो पखेटा नेपाल भित्र लाग्ने प्रयास गर्नेछ । जसले भारतको प्रभाब कम गर्दै चीनको प्रभुत्व बलियो बनाउछ । यो डरलाग्दो छ ।’
नेपालले दुई ठुला छिमेकी भारत र चीन दुवैसँग राम्रो सम्बन्ध बनाउन चाहेपनि भारतको धुनमा नाच्ने गर्दै आएको इनायडुले अनलाईले लेखेको छ । नेपालमा भारतले ‘ठुल्दाईको व्यवाहर गर्दै आएको समेत उल्लेख गर्दै सो मिडियाले नेपालले चीनसंग सहकार्य गर्दै भारतलाई जवाफ दिन खाजेको विश्लेषण गरिएको छ ।
यस्तै भारतको चर्चित पत्रिका ईन्डियन एक्प्रेसले ओलीको बेईजिङ भ्रमणले ‘दिल्लीसँग काठमाडौंको सम्बन्ध बञ्चित हुने सम्भावना’ रहेको टिप्पणी गरेको छ । नेपालका वरिष्ठ पत्रकार युवराज घिमीरेले लेखेको सो आलेखमा नेपालको यसअघि भारतमा मात्रै परनिर्भरता रहेको टिप्प्णी गर्दै अव तोडिएको संकेत गरिएको छ । सो आलेखको शीर्षकमै भनिएको छ, ‘नेपालको अर्काे ढोका, ओलीको लामो मार्च तिनको बेईजीङ भ्रमणले काठमाडौंसँग दिल्लीकोे सम्बन्धमा बञ्चित हुने सम्भावना ।’
चीनसगको निकटताले नेपालमा भारतको प्रभुत्व घटाउने विभिन्न टेलिभिजन च्यानलहरुले टिप्पणी गर्दै सामाग्रीहरु प्रशारण गरेका छन् । ‘नेपालका प्रधानमन्त्रीले बेइजिङमा गरेका सम्झौता भारतका लागि खतरा हुन् । भारतको प्रभाव क्षेत्रमा चीनको प्रभाव बढ्नु भारतका लागि हितकर छैन’, भारतीय न्युज च्यानलहरुले भनेका छन् ।
प्रकाशित समय १९:३२ बजे
















