गृहपृष्ठ घर फर्किए मेसी र रोनाल्डो
घर फर्किए मेसी र रोनाल्डो
नकआउट चरणमा हारेपछि दुबै टीम बाहिर
अहिलेका उत्कृष्ट फुटबलर लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको टिम विश्वकप फुटबलबाट घर फर्किएका छन् । मेसीको कप्तानी रहेको अर्जेन्टिना र रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल नकआउट चरणको शुरुकै दिनमा बाहिरिए ।
अन्तिम १६ को खेलमा अर्जेन्टिनालाई फ्रान्सले ४–३ गोलले पराजित गर्दा पोर्चुगललाई उरुग्वेले २–१ गोलले पछि पार्यो । खेलबाट बाहिरिनुअघि यो विश्वकपमा रोनाल्डोले ४ गोल गर्दा मेसीले भने १ गोलमै चित्त बुझाउनुपर्यो ।
उत्कृष्ट खेलाडीको उपममा पाएका दुबै खेलाडीले विश्वकपको उपाधि हात पार्ने लक्ष्य लिएका थिए । उनीहरुको सपना चकनाचुर भयो । पछिल्लो १० वर्षदेखि विश्व फुटबल मेसी र रोनाल्डोको आसपालमा नै सिमित थियो ।
फुटवलमा अब्बल दरिएका दुबै खेलाडीले विश्वकपको ट्रफी भने उचाल्ने अवसर अहिलेसम्म पाएका छैनन् । स्पेनिस ला लिगाको ‘गोल स्कोरिङ चार्ट’ मा पनि मेसी र रोनाल्डोबीच नै मुख्य प्रतिस्पर्धा छ । रोनाल्डो युरोपियन च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता हुन् । उनलाई मेसीले पछ्याइरहेका छन् । सन्यास फिर्ता लिँदै खेलमा फर्कि ३१ वर्षीय मेसी र ३३ वर्षिया रोनाल्डो दुबैले चौथो पटक विश्वकप खेलेका हुन् ।
सन् १९३० यता ४ सय २२ खेलाडीले विश्वकपको ट्रफी उचाल्ने अवसर पाएका छन् । ती ४ सय २२ खेलाडीमा ७ खेलाडी मात्र ३५ वर्षभन्दा माथिका छन् । ७ मध्ये पनि २ जनाले मात्र गोल गर्न सकेका छन् । विश्वकपको इतिहास हेर्दा ३५ वर्ष काटेका खेलाडी त्यति प्रभावशाली देखिएका छैनन् । तर, मेसी र रोनाल्डोले कतार विश्वकप खेलेर अर्को इतिहास नबनाउलान् भन्न भने सकिन्न ।
पोर्चुगलको पराजय यात्रा
२००६ सेमिफाइनलमा फ्रान्ससँग १–० गोलले पराजित
२०१० अन्तिम १६ मा स्पेनसँग १–० ले पराजित
२०१४ समूह चरणबाटै बाहिर
२०१८ अन्तिम १६ मा उरुग्वेसँग २–१ गोलले पराजित
अर्जेन्टिनाको पराजय यात्रा
२००६ क्वार्टरफाइनलमा जर्मनीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित
२०१० क्वार्टरफाइनलमा जर्मनीसँग ४–० गोलले पराजित
२०१४ फाइनलमा जर्मनीसँग १–० गोलले पराजित
२०१८ अन्तिम १६ मा फ्रान्ससँग ४–३ गोलले पराजित
प्रकाशित समय ०९:१३ बजे

















