गृहपृष्ठ यस वर्षका उत्कृष्ट १९ तस्बिर (फोटो फिचर)
यस वर्षका उत्कृष्ट १९ तस्बिर (फोटो फिचर)
नरेन्द्र श्रेष्ठले खिचेको फोटो ‘फोटो अफ दि इयर’ घोषित
नरेन्द्र श्रेष्ठले खिचेको याे फोटो यस वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ दि इयर घोषित भएको छ ।
आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नरेन्द्र श्रेष्ठले खिचेको फोटो यस वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ दि इयर घोषित भएको छ । उक्त फोटोमा गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदिमा बगाउँदै गरेको दृष्य समेटिएकाे छ ।

यसैगरी दीपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ विधामा सुनिता डंगोलले खिचेको फोटोले बाजी मार्याे । त्यस्तै अंगद ढकालले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले बाजी मारे । प्रतियाेगितामा एक्स्पेरियन्स नेपाल कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठ प्रथम भए भने डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतीक रायमाझीले खिचेको फोटोको पोल्टामा पर्याे । नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो ।


आईएमएस डेली लाइफमा दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो । अर्घाखाची सिमेन्ट न्युज विधामा संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतम तेस्रो भए । नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो उपविजेता घोषित हुँदा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो । एक्सपेरियन्स नेपाल ‘कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठको फोटो उपविजेता तथा अजय मानन्धरको फोटो तेस्रो भयो । डिसहोम एक्सन स्पोर्टसमा रविक उपाध्यायको फोटो दोस्रो तथा उज्वल चन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो । शिखर इन्स्योरेन्स नेपाल स्माईलमा नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो । त्यस्तै फोटो स्टोरीमा हेमन्त श्रेष्ठ कै फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठको फोटो तेस्रो भयो ।


भारतका वरिष्ठ फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ पत्रकार प्रतिक प्रधान, वरिष्ठ फोटोपत्रकार चन्द्रशेखर कार्की, वरिष्ठ फोटोग्राफर मणि लामा, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एवं क्लबका निर्बतमान अध्यक्ष प्रकाश माथेमा थिए ।
‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैया पुरस्कार प्राप्त गरेकाछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेकाछन् । काठमाडौंमा यही साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ भने काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ ।

आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको प्रतियोगितामा एक्सपेरियन्स नेपाल कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्शन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा भएको हो ।
आईएमएस डेली लाइफमा दुर्गा राना मगरको फोटो, यही फाेटाेले उनलार्इ साे विधामा दाेस्राे हुन सफल पार्याे ।












प्रकाशित समय १९:३४ बजे

















