गृहपृष्ठ ६ जना नेपाली बालक भारतमा अलपत्र, फिर्ता ल्याउन सरकारले दिएन चासो

६ जना नेपाली बालक भारतमा अलपत्र, फिर्ता ल्याउन सरकारले दिएन चासो

नेपालका ६ बालक एक महिनादेखि भारतको सुधारगृहमा अलपत्र परेका छन् । उनीलाई नेपाल फर्काउन सरकारले चासो दिएको छैन । लुकाइछिपाइ भारत पुर्याएर अवैध कार्यमा लगाउने गिरोहबाट ती बालकलाई भारतीय प्रहरीले उद्धार गरेको थियो । हाल उनीहरुलाई सुधार गृहमा राखिएको छ तर, नेपाल फिर्ता ल्याउन सरकारले चासो नदिएको हो । सिरहाका पाँच र सप्तरीका एकजना गरी ६ जना विपन्न मुसहर समुदायका बालक भारतको दरभंगाको बालगृहमा परिवार सम्झदै बसिरहेका छन् ।

६ जना १५ बर्ष मुनिका बालक भारतको दरभंगास्थित बालगृहमा २६ दिनदेखि उद्धारको पर्खाइमा छन् । गत जेठ ३० गते भारत पुर्याइएका ती बालकलाई दरभंगास्थित रेलवे स्टेशनबाट त्यहाँको प्रहरीले उद्धार गरेको थियो । अन्तरदेशका बालक तस्करीमा परी आफ्नो देश आइपुगेपछि स्वदेश फीर्ता नहुँदासम्म सुधारगृहमा राख्न पठाइएको थियो ।

समाज कल्याण परिषदमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पहल गर्नुपर्ने भएपनि अहिलेसम्म प्रभावकारी प्रयास भएको छैन । सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जिल्ला बालकल्याण समितिका पदाधिकारीसहितको टोली भारत पठाएका थिए । यथेष्ट कागजात बिनै पठाइएका ती कर्मचारीहरु रित्तो हात फर्कन बाध्य भए ।

टोलीमै रहेका जिल्ला बाल कल्याण समिति सिरहाका सदस्य एवं सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद पौद्धारले समाज कल्याण परिषदको सिफारिस नलगिएकाले बच्चाहरु ल्याउन नसकिएको बताए ।

प्रकाशित समय ०९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु