गृहपृष्ठ मुलुकको आवश्यकताअनुसार पुँजीबजारको विकास गर्छु : अर्याल

मुलुकको आवश्यकताअनुसार पुँजीबजारको विकास गर्छु : अर्याल

nepse-chief-newskarobar

नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रमेश अर्यालले मुलुकको आवश्यकताअनुसार पुँजीबजारको विकासमा लाग्ने बताएका छन् । सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै सीर्इओ अर्यालले सरकार, धितोपत्र बोर्ड, लगानीकर्ता, धितोपत्र दलाललगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध बनाई पुँजीबजारको विकास गर्ने बताएका हुन् ।

सरकारको असार २२ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि अर्यालले नेप्सेको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् । अर्याल अर्थ मन्त्रालयका उपसचिव हुन् । सोही बैठकले नेप्सेका तत्कालीन प्रमुख कार्यकारी चन्द्रसिंह साउदलाई बर्खास्त गरेको थियो ।

अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसमा सरकारले गत वर्ष असोज २३ गते साउद चार वर्षका लागि नेप्सेको प्रमुखमा नियुक्त भएका थिए । प्रमुख कार्यकारी अधिकृत अर्याललाई नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

प्रकाशित समय ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु