गृहपृष्ठ सरकार र डा. केसीको आ–आफ्नै अडान
सरकार र डा. केसीको आ–आफ्नै अडान
सरकालाई दबाब दिन आज पनि सामूहिक सत्याग्रह

चिकित्सा शिक्षा सुधारको माग राख्दै चिकित्सक गोविन्द केसी १५ औं पटक अनशन बसेको २४ दिन पुगेको छ । तर सरकार र डा. केसीको आ–आफ्नै अडानले वार्ता प्रक्रिया अगाडी बढेको छैन । डा. केसीलाई जुम्लाबाट जबर्जस्त सरकारले काठमाडौ ल्याएर त्रिवि शिक्षण अस्पतालको पुरानै अनशन स्थलमा राखिएको छ । डा. केसीले स्वास्थ्य परीक्षण गर्न मानेका छैनन् । उनको स्वास्थ्य अवस्था कृटिकल अवस्थामा छ । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार जतिबेला जे पनि हुन सक्छ । स्वास्थ्य अवस्था कृटिकल हुँदा पनि सरकारले वार्ताको लागि पहल नगरेको डा. केसीका प्रतिनिधिको भनाइ छ ।
सरकारले वार्ता गर्न टोली बनाए पनि अहिलेको वार्ता टोलीसँग वार्ता नगर्ने डा. केसीको अडान छ । सरकारले निसर्त वार्ताको लागि आह्वान गरेको छ भने डा. केसीले चिकित्सा शिक्षा विद्येयक फिर्ता वा स्थगन गर्नुपर्ने सर्त राखेको छ । जसका कारण वार्ता हुन सकेको छैन । उता डा. केसी समर्थक र प्रतिपक्ष कांग्रेसले आन्दोलन चर्काएका छन् ।
केसीको समर्थकले सरकारलाई दबाद दिन समूहिक सत्याग्रह सुरु गरेका छन् । हिजोबाट वसन्तपुर डबलीम सुरु भएको समूहिक अनशनलाई आज पनि निरन्तरता दिइएको छ । हिजो २ सय भन्दा धेरैले समूहिक सत्याग्रहमा सहभागि भएका थिए ।
प्रकाशित समय ०९:३३ बजे