गृहपृष्ठ नेपाल टेलिकमको नाै महिनाको नाफा ११ अर्ब ८५ करोड

नेपाल टेलिकमको नाै महिनाको नाफा ११ अर्ब ८५ करोड

ntc-newskarobar

काठमाडौँ- नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख रूपैयाँ खुद नाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको हो । यो नाफा गत वर्षको भन्दा साढे ५३ करोड बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ३२ करोड १८ लाख नाफा गरेको थियो ।

कम्पनील हालै सार्वजनिक गरेको साउनदेखि चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार सो अवधिमा कम्पनीले ३३ अर्ब ८५ करोड ३२ लाख आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३ प्रतिशत बढी आम्दानी गरेको जनाएको छ ।

समीक्षा अवधिमा कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख र अन्यबाट चार अर्ब ४६ करोड ११ लाख आम्दानी गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ७४ करोड ९४ लाख र अन्यबाट तीन अर्ब ११ करोड ९४ लाख रूपैयाँ आम्दानी गरेको थियो ।

उक्त कम्पनीको चुक्ता पुँजी १५ अर्ब छ भने जगेडा कोषमा ७९ अर्ब ६९ करोड छ । कम्पनीको प्रतिसेयर आम्दानी १०५.३९ रुपैयाँ छ ।

कम्पनीले हालको तीव्र प्रतिस्पर्धात्मक दुरसञ्चार बजारमा अग्रणी रहन सेवाग्राहीको माग तथा रुचिअनुरुप आकर्षक भ्वाइस तथा डाटा प्याकेज ल्याउनुका साथै समयानुकूल शुल्कमा परिमार्जन गर्दै आएको छ ।
(रासस)

प्रकाशित समय १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु