गृहपृष्ठ पहिरोकाे कारण म्याग्दीमा चार घर पुरिए
पहिरोकाे कारण म्याग्दीमा चार घर पुरिए
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङमा पहिराे कारण सात घरमा क्षति पुगेको छ। स्थानीय लक्ष्य गिरी, रिता शेरचन, सिताराम गुरुङ, गुनबहादुर रामदान, देवेन्द्र भट्चनको घर पुर्नुका साथै क्षति पुर्याएको हो।
आइतबार दिउँसो ४ बजेको समयमा अविरल वर्षासँगै पहिरोले क्षति पुगेको जिल्ला प्रहरीले जनाएकाे छ।अत्याधिक वर्षासँगै बाढी घरमा पसेपछि स्थानीय सुरक्षित स्थानमा गएका थिए। विगतका वर्षहरूमा सोही खोलाले नै नागरिकहरूलाई सताउने गरेको भए पनि यस पटक भने बेमौसमी पहिरोले घरहरू नै पुरेको छ।
पहिरोले चार घर पुरिएका छन् भने तीन घरमा पानी र लेदो पसेको छ। पहिरोले घरमा क्षति पुगे पनि कुनै मानवीय क्षति नभएको सीमा प्रहरी चौकी तातोपानीले जनाएकाे छ।
(तस्विर फाइल)
प्रकाशित समय २०:२२ बजे

















