गृहपृष्ठ नेपाल इन्भेष्टमेण्ट बैंकको थप चारवटा शाखा सञ्चालनमा

नेपाल इन्भेष्टमेण्ट बैंकको थप चारवटा शाखा सञ्चालनमा

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंकले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा चारवटा शाखा सञ्चालनमा ल्याएको छ । दोलखाको सिंगटी, पाँचथरको राँके, नुवाकोटको चोकदे तथा रामेछापको लिखुमा बैंकले शाखा विस्तार गरेको हो ।

त्यस्तै, बैंकले रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर खोलेको छ । यीसँगै अब बैंकको शाखा संख्या ७० पुगेको छ भने एक्स्टेन्सन काउन्टर पाँचवटा पुगेको छ ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार अभियानलाई निरन्तरता दिएको जनाएको छ । प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना बैंकको छ ।

बैंकका हाल प्रदेश नम्वर १ मा ९ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३४ वटा, प्रदेश नम्वर ४ मा ६ वटा, प्रदेश नम्वर ५ मा ७ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा सञ्चालनमा छन् ।

प्रकाशित समय १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु