गृहपृष्ठ नारायणी नदीमा जल यातायात सुरु हुने

नारायणी नदीमा जल यातायात सुरु हुने

Pradip-gyawali-1-1024x683

केही वर्षभित्रै भारतको कोलकत्ता बन्दरगाह हुँदै नारायणी नदीमा जल यातायात संचालन हुने भएको छ । पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतको कोलकत्ता बन्दरगाह हुँदै नारायणी नदीसम्म जलयात्रा हुने र नारायणगढबाट कोलकत्ता जलयात्रामार्फत पानी जहाजमा आवतजावत गर्न सकिने बताएका हुन् ।

गुल्मीको मुसिकोट नगरपालिकाले आयोजना गरेको बौद्धिक सम्मेलन उद्घाटन सत्रमा मन्त्री ज्ञवालीले अब विकास र समृद्धिको यात्रामा सत्ता पक्ष र प्रतिपक्ष हुन नहुने बताए । ‘अहिलेको सरकार विकास र समृद्धिको यात्रमा फड्को मार्दैछ, सबैसँग सहकार्य र साझेदारी गरेर जनताको अपेक्षा पूरा गर्न चाहन्छौ,’ उनले भने ।

उनले सरकार गठन भएको ८ महिनामा संविधान कार्यान्वयन, दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार, अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शीर उचो पार्ने गरी सम्बन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा गरेको दाबी गरे ।

‘भारत र चीनसँग अहिलेको सरकारले जुन सम्बन्ध सुधार गरेको छ त्यो पहिलो महत्वपूर्ण कार्य हो, उनले थपे– ‘अब कहिल्यै नेपालीहरुले नाकाबन्दी भोग्न नपर्ने गरी तेस्रो मुलुकबाट पनि सर समान ढुवानी गर्न सकिने भएको छ । रेल मार्ग निर्माणको थालनी पनि अब छिटै हुनेछ । सडकको स्तर बृद्धिदेखि हरेक विकास निर्माणको गतिलाई सरकारले तीव्र पार्दै छ ।’

उनले निर्मला पन्त हत्याकाण्डका अपराधीलाई सरकारले पानी मुनि लुकेकै भए पनि नछाड्ने बताए । यस्तो मानवीय संवेदनामाथि राजनीति नगर्न उनले आग्रह पनि गरे । ‘करोडौंको विकास निर्माणको जिम्मा लिने, समयमा काम नगर्ने आफू चिल्लो कारमा शयर गर्ने यता जनतालाई दुःख दिने त्यस्तालाई पनि यो सरकारले कार्बाही गरेरै छाड्छ । हरेक क्षेत्रमा भ्रष्टचार छ । त्यस्ता भ्रष्ट कुन पार्टीका सदस्य हो भनिने छैन निर्मम ढंगले प्रस्तुत भइने छ ।’

प्रकाशित समय ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु