गृहपृष्ठ गण्डकी विकास बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता
गण्डकी विकास बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता
एशियन लाइफ इन्स्योरेन्स कम्पनी र गण्डकी विकास बैंकबीच ‘जीवन बिमा सेवा’ सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा एशियन लाइफका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि गण्डकी विकास बैंकका ७७ वटै शाखाबाट एशियन लाइफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बिमा योजना गरी २० वटा जीवन बिमा योजना खरिद गर्न सकिने भएको छ ।
प्रकाशित समय ०९:५६ बजे

















