गृहपृष्ठ कोरोना कोषमा एसियन लाइफ इन्स्योरेन्सको ३५ लाख सहयोग
कोरोना कोषमा एसियन लाइफ इन्स्योरेन्सको ३५ लाख सहयोग
सरकारले स्थापना गरेको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ३५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनी, सञ्चालक समिति तथा सम्पूर्ण कर्मचारीका तर्फबाट सातवटै प्रदेश सरकारलाई एसियन लाइफले ५ लाखका दरले ३५ लाख रुपैयाँ सहयोग गरेको हो ।
१३औं वर्ष प्रवेशको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको कम्पनीले जनाएको छ । कोरोनाभाइरस (कोभिड १९) को कारण विश्वव्यापी रुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यस रोगको संक्रमण फैलिन नदिन सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ ।
प्रकाशित समय २०:१९ बजे

















