गृहपृष्ठ महालक्ष्मी लाइफ इन्स्योरेन्समा असार ३१ भित्र प्रिमियम तिरे चैतदेखिको सबै जरिवाना छुट
महालक्ष्मी लाइफ इन्स्योरेन्समा असार ३१ भित्र प्रिमियम तिरे चैतदेखिको सबै जरिवाना छुट
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गराएकाहरुले असार ३१ गतेसम्म प्रिमियम तिरे चैतयताको सबै जरिवाना छुट हुने भएको छ । कम्पनीले बिमालेखको प्रिमियम तिर्न ढिला भएकाहरूलाई असार ३१ गतेभित्र प्रिमियम तिर्दा शतप्रतिशत जरिवाना छुट गर्ने निर्णय गरेको हो ।
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको कारण परेको अप्ठयारो परिस्थितिलाई मध्यनजर गर्दै उक्ति निर्णय गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार असार ३१ गतेभित्र नवीकरण बिमाशुल्क भुक्तानी गरेमा चैत ११ गतेदेखिको बिलम्ब शुल्कमा पूरै छुट दिइनेछ ।
प्रकाशित समय ११:५४ बजे

















