गृहपृष्ठ नेपाल इन्स्योरेन्समा कर्मचारी संघको नयाँ समिति

नेपाल इन्स्योरेन्समा कर्मचारी संघको नयाँ समिति

मुलुककै पहिलो बिमा कम्पनी नेपाल इन्स्योरेन्समा नेपाल इन्स्योरेन्स कम्पनी कर्मचारी संघको ११औं केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट भिम प्रसाद घिमिर अध्यक्षमा सर्वसम्मत भएका छन् ।

११ सदस्यीय नयाँ समितिमा दुर्गा देवी कार्की उपाध्यक्ष, रत्न बिक्रम जि.सी. महासचिव, मेघराज ढुंगाना सचिव र तारा बहादुर खडका कोषाध्यक्ष रहेका छन् । सदस्यहरुमा कृष्णराम पराजुली, बिन्दा अर्याल, सपना कुमारी सिंह, कमला कुँवर, बिधात्री शाह र तुषार थापा चयन भएका छन् । समितिका सबै सर्वसम्मत भएका हुन् ।

कम्पनी र कर्मचारीबीच रहिआएको सौहार्द्रपूर्ण सम्बन्धलाई कायम राखी कम्पनी र कर्मचारीहरुको हकहितलाई प्रवर्द्धन र सम्वर्धन गर्दै रचनात्मक ढंगले अगाडि बढ्ने नवनिर्वाचित समितिले प्रतिवद्धता जनाएको छ । नयाँ पदाधिकारीहरुलाई बिहीबार कम्पनीका प्रमुख कार्यकारी अधिकृतबाट स्वागत भएको छ ।

प्रकाशित समय १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु