गृहपृष्ठ एसियन लाइफ इन्स्योरेन्सको निमित्त सिईओमा होमबहादुर श्रेष्ठ
एसियन लाइफ इन्स्योरेन्सको निमित्त सिईओमा होमबहादुर श्रेष्ठ
एसियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठलाई नियुक्त गरिएको छ । साउन २० गते बसेको कम्पनी सञ्चालक समिति बैठकले नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई इन्स्योरेन्सको निमितत सिइओको जिम्मेवारी दिएको हो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)को चैत २० गते दुई कार्यकाल पूरा भएपछि सिइओ पद खाली छ । निमित्त सीईओ श्रेष्ठले साउन २१ गतेदेखि जिम्मेवारी सम्हालेका छन् ।
प्रकाशित समय १५:५३ बजे

















