गृहपृष्ठ अजोड इन्स्योरेन्सको नाफा ६ करोड २० लाख

अजोड इन्स्योरेन्सको नाफा ६ करोड २० लाख

अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा ६ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ करोड ८ लाख ७९ हजारले बढी हो ।

तीन वर्षअघि सञ्चालनमा आएको यो कम्पनीको व्यवसाय र नाफाका सूचकांक राम्रा देखिएका छन् । अघिल्लो वर्ष ४१ करोड ४९ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको रिलायन्सले गत वर्ष ८६ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा कम्पनीको बिमा शुल्क आर्जन १०७ प्रतिशतले बढेको हो

९१ हजार दुई सय २७ वटा बिमालेख जारी गरेको कम्पनीले एक हजार ९८० वटा दाबीमार्फत २२ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ । असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी ७१ करोड ५० लाख रुपैयाँ छ । केही महिनाअघि निष्कासन गरेको ३० करोड रुपैयाँबराबरको साधारण सेयरबापत संकलित रकम असार मसान्तसम्ममा कम्पनीले पुँजीकरण गर्न बाँकी छ ।

कम्पनीको जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ छ भने बिमा कोषमा ६ करोड १६ लाख रुपैयाँ छ । अजोडको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८६ पैसा छ ।

प्रकाशित समय ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु